मनोरञ्जनसमाचार

पब्जीको ‘विश्वकप’मा नेपाल टिम सातौं, १० लाख जित्यो

Gobal IME Bank

१ पुस, काठमाडौं । मोबाइल तथा कम्युटरमा खेलिने बहुचर्चित अनलाइन गेम ‘पब्जी’ को एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरुको टिमले पुरस्कार जित्न सफल भएको छ । साउदीअरबमा आयोजित पहिलो ‘पब्जी मोबाइल स्टार च्यालेन्ज वर्ल्डकप’ मा नेपाली युवाहरुको टिम ‘इलिमेन्टि्रक्स’ले सहभागिता जनाएको थियो । ३२ राष्ट्रहरुले भाग लिएको प्रतियोगितामा नेपाली टिम सातौं भयो र १० हजार डलर  जित्न सफल भयो । बनाना कल्चर नामक संस्थाले आयोजना गरेको प्रतियोगितामा मध्यपूर्व र उत्तर अफ्रिकाका १६ वटा टिम र बाँकी विश्वका १६ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक टिममा ५ जना खेलाडी थिए । पहिलो पुरस्कार रसियाको ‘टिम यूनिक’ले जितेको छ । उसले एक लाख डलर प्राप्त गर्‍यो । यसैगरि दोस्रो स्थानमा आएको थाइल्यान्डको आरआरक्यू एथेनाले ६० हजार डलर पाएको छ भने तेस्रो स्थान हासिल गर्ने अर्जेन्टिनाको टिम केयसोले ४० हजार डलर पाएको छ । चौंथो, पाचौं र छैटौंको पुरस्कार राशी क्रमशः १६ हजार, १४ हजार र १२ हजार डलर थियो ।

सहभागी टिमलाई दुई समूहमा बाँडेर खेलाइएको थियो । ‘टिम ए’ मा मध्यपूर्व र उत्तर अफ्रिकाका टिमहरु थिए भने बाँकी टिमहरु ‘बी’ मा थिए । समूह चरणमा नेपाली टिम ५६ अंकसहित दोस्रो भएको थियो । फाइनलमा भने ४७ अंक मात्र ल्याएर सातौं बन्न पुग्यो । पहिलो भएको रसियाको टिम युनिकले १११ अंक ल्याएको थियो ।

पब्जी विश्वभरका किशोरकिशोरी तथा युवाहरुमा लोकप्रिय एउटा अनलाइन गेम हो । यो त्यति नै विवादित पनि बनेको छ । नेपालमा पनि केही समयअघि सरकारले यो खेलमाथि प्रतिबन्ध लगाएकोमा पछि अदालतले प्रतिबन्ध हटाएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button