मुख्य समाचारसमाचार

गृह मन्त्रालयबारे निर्णय गर्न प्रधानमन्त्री र संयन्त्र संयोजकलाई २ दिनको समय

Gobal IME Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । रास्वपाले गृह मन्त्रालयबारे निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई २ दिनको समय दिएको छ । आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिन पर्खिने गरि निर्णय गरेको हो ।

पछिल्लो समय नागरिकता विवादकै कारण रवि लामिछानेले उप प्रधान तथा गृहमन्त्री पद गुमाउनुपरेको थियो । नागरिकता विवादपछि सरकारको उच्च पद गुमाउनुभएका लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमाउनुपरेको थियो । यद्यपी लामिछानेले भर्खरै प्रक्रिया पुगाएर जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट नागरिकताका प्राप्त गरिसक्नुभएको छ ।

नागरिकताका प्राप्त गरिसक्नुभएपछि पार्टीको सभापतिको जिम्मेवारीमा पुनः आइसक्नुभएको छ । तर सभापति लामिछाने हालसम्म उप प्रधान तथा गृहमन्त्री पदमा भने पुनः पदवहाली हुनुभएको छैन् । सत्तासाझेदारीका शिर्ष दलहरुबिच लामिछानेलाई उप प्रधान तथा गृहमन्त्री पद पुनः दिने कि नदिने भन्नेबारेमा छलफल नै भइरहेको अवस्था छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button