समाचार

लिदी पहिरो विस्थापितलाई राहत हस्तान्तरण-GoodNews24

Gobal IME Bank

लिदी- वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले लिदी पहिरो विस्थापितलाई राहत हस्तान्तरण गर्नुभएको छ । होप एयरलाइन्स र होपमिन फेमिली लगायत समाजसेवी वाङचुक राप्तेन लामाले उक्त राहत सामग्री सहयोग गर्नुभएको हो ।

एक सय ७२ घरधुरीलाई वितरण गरिएको उक्त राहतमा प्रतिघर चामल २५ केजी, दाल पाँच केजी, नुन दुई प्याकेट, तेल चार लिटर, चिनी दुई केजी, चियापत्ती एक प्याकेट वितरण गरिएको हो । जिल्लाको जुगल–३ लिदीमा गत साउन ३० गते गएको पहिरोमा परी ३६ जनाले ज्यान गुमाएका छन् भने अझै तीन जना बेपत्ता छन् ।

पहिरो पीडितका लागि पर्साको ठोरी–४ मा गठन भएको राहत सङ्कलन समितिले रु छ लाखभन्दा बढी सङ्कलन गरी सहयोग गरेको छ । शनिबार बिहान पर्साको ठोरीबाट आएको एक टोलीले अस्थायी आवास क्षेत्र जुगल –१ स्थित बाँसखर्क पुगेर रु छ लाख ४३ हजार नगद सहयोग गरेको नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति पर्साका अध्यक्ष निमा लामा पाख्रिनले जानकारी दिनुभयो ।

यही भदौ २ गते वडा नं ४ को घ्याङडाडामा वडाध्यक्ष बईबहादुर तामाङको अध्यक्षतामा बसेको सामाजिक अगुवाहरुको भेलाले पहिरोमा परी घाइते भएका, आफन्त बेपत्ता भएर र मृत्यु भएर शोकमा रहेकालाई राहत वितरण गर्ने उद्देश्यले शिक्षक दलबहादुर स्याङबोको संयोजकत्वमा राहत सङ्कलन कार्यलाई व्यवस्थित र पारदर्शी बनाउन अभियन्ताको रूपमा १३ सदस्यीय समिति गठन गरेको थियो । समितिले समन्वय गरेर देश तथा परदेशबाट सहयोग रकम जुटाएको समिति संयोजक शिक्षक स्याङ्बोले जानकारी दिनुभयो ।

पहिरोले पूर्णरूपमा घर क्षति भएका र आफन्त समेत पहिरोमा गुमाएका १० घरधुरीलाई जनही रु ३० हजार, घरमात्र क्षति भएर विस्थापन भएका १८ घरधुरीलाई जनही रु १८ हजार ५०० का दरले र एक जना घाइतेलाई रु १० हजार राहत रकम प्रदान गरिएको छ । समितिमार्फत सङ्कलित रकम शनिबार प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारलाई उपलब्ध गराइएको अध्यक्ष पाख्रिनले बताउनुभयो । साउनको ३० गते लिदीमा गएको पहिरोमा परेर ३७ ले ज्यान गुमाएका थिए भने ३७ घर पुरिएका थिए । अझै दुई जना बेपत्ता छन् ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाका पहिरोपीडितलाई राहत वितरण गरिएको छ । तामाङ सोसाइटी अफ ग्रेटर वासिङ्टन परिवार अमेरिकाले रु एक लाख ६० हजार वितरण गरिएको अभियन्ता कृष्ण तामाङले जानकारी दिनुभयो । तामाङ सोसाइटी अफ ग्रेटर वासिङ्टन परिवार अमेरिकाका सचिव हेमकला तामाङ अभियन्ता रत्न तामाङ र सुनिता तामाङले सङ्कलन गरी पठाएको रकम कृष्ण तामाङको तेतृत्वमा कलाकार बैरागी तामाङ, केशरी तामाङलगायतको समूहले पीडितलाई बुझाएको तामाङले बताउनुभयो । पहिरोकै कारण मृत्यु भएका परिवारलाई रु १० हजार र घर ढलेका परिवारलाई रु पाँच हजारका दरले सहयोग गरेको तामाङले जानकारी दिनुभयो । गाउँपालिकाका बरुवाका ११ तथा तिपेनिका २० घर गरी ३१ घरपरिवारलाई रकम बुझाइएको हो।

यो पनि पढ्नुहोस् ..

[irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”3174″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button