काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले पाटन स्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् साथै उनले पाटन संग्रहालय पनि अवलोकन गरेका छन् ।
राष्ट्रपति पौडेल शुक्रबार बिहान पाटन दरबार क्षेत्रमा पुग्दा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उनलाई स्वागत गरेका थिए ।
पाटन संग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले सो क्षेत्रको बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।