Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

कक्षा १२ को नतिजा चित्त बुझेको छैन भने १५ दिनभित्र पुनः परीक्षण गराउन सकिन्छ

Class 12 result update

काठमाडौँ । कक्षा १२ को नतिजा चित्त बुझेको छ्रन भने १५ दिनभित्र प्रतिविषय रु पाँच सय तिरेर पुन परिक्षण गराउन मिल्ने व्यवस्था गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले नतिजा चित्त नबुझे विद्यार्थीले उत्तर पुस्तिका हेर्न र पुनः परीक्षण गराउन सक्ने व्यवस्था गरिएको जानकारी दिएका छन् ।

विद्यार्थीले उत्तर पुस्तिका पुनः परीक्षण गराउँदा पहिले परीक्षण गरेका परिक्षक नभई नयाँ तीनजना परीक्षकबाट उत्तर पुस्तिका जाँच गराउने व्यवस्था गरेको छ । तीन जनाले दिएको नम्बरको औसत निकाल्दा आएको प्राप्ताङ्क पहिलेको भन्दा १० प्रतिशत कम वा बढी भएमा पहिलेकै अङ्क कायम हुनेछ तर १० प्रतिशतभन्दा कम वा बढी भएमा नयाँ अङ्क कायम हुने व्यवस्था गरिएको छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button