समाचार

खजुरामा वर्णशङ्कर धानको बीउ उत्पादन शुरु-GoodNews24

Gobal IME Bank

राँझा- बाँकेको खजुरा स्थित कृषि अनुसन्धान निर्देशनालयले हाइब्रिड धानको बीउ उत्पादन शुरु गरेको छ । नेपाली किसानले भारतीय वर्णशङ्कर धानको बीउ किन्दा ठगिने गरेको पाइएकाले नेपालमै हाइब्रिड धानको विकास गरी उत्पादन शुरु गरिएको जनाइएको छ । हर्दिनाथ हाइब्रिड–१ ‘एफ १’ र हर्दिनाथ हाइब्रिड–३ ‘एफ ३’ नामको हाइब्रिड धानको बीउको उत्पादन शुरु भएको कृषि अनुसन्धान निर्देशनालय प्रदेश नम्बर ५ खजुराका निर्देशक जनमेजय त्रिपाठीले बताउनुभयो । । यो परीक्षण उत्पादन सफल भए यसअघि भारतलगायत विभिन्न मुलुकवाट आयात हुँदै आएको हाइब्रिड धानको बीउको परिपूर्ति सहज रुपमा हुने र गुणस्तरहीन बीउबाट किसान ठगिने परम्पराको अन्त्य हुनेछ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले केही समयअघि पहिलो पटक नेपालमै धानको हाइब्रिड जात विकास गरेको थियो । हर्दिनाथ हाइब्रिड–१ ‘एफ १’ र हर्दिनाथ हाइब्रिड–३ ‘एफ ३’ नामकरण गरिएको उक्त जात राष्ट्रिय बीउबिजन समितिबाट स्वीकृत भएर २०७७ साउन २६ गते राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आएको छ । खजुरामा यी दुवै हाइब्रिड धानको दुई हेक्टर जमीनमा दुई टन उत्पादन गर्ने लक्ष्यसहित उत्पादन शुरु गरिएको निर्देशनालयका बाली वैज्ञानिक रामदास चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार बीउ उत्पादन गर्दा आठ लाइन पोथी र बीचबीचमा दुई लाइन भालेलाई राखेर क्रस गरी निस्केको बच्चा बिरुवाका रुपमा हर्दिनाथ हाइब्रिडको नयाँ बीउ उत्पादन गरिन्छ । कम समयमा उत्पादकत्व क्षमता बढी भएका यी बीउ यसअघिको हर्दिनाथभन्दा फरक छ । यी दुवै धान तराई–मधेशका साथै समुद्र सतहदेखि सात सय देखि नौ सय मिटर उचाइ सम्मका लागि सिफारिश गरिएको छ । एक सय २२ दिनमा पाक्ने हर्दिनाथ हाइब्रिड १ धान प्रतिहेक्टर ७.५ टन उत्पादन क्षमता छ भने ११५ दिनमा पाक्ने हर्दिनाथ हाइब्रिड ३ धानको उत्पादन क्षमता प्रतिहेक्टर आठ टन रहेको निर्देशनालयले जनाएको छ । नेपाली बजारमा उन्नत जातका धानको बीउ नपाइएका कारण नेपाली किसान भारतीय बीउप्रति निर्भर हुनुपरेको छ गुणस्तर परीक्षण नगरी भारतबाट जथाभावी ल्याइने बीउ नउम्रिएका कारण बेलाबेलामा कृषक ठगिने गरेका छन् ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button