मनोरञ्जनसमाचार

‘आरआरआर’ को ‘नाटु नाटु’ गीतले जित्यो गोल्डेन ग्लोब अवार्डमा उत्कृष्ट मौलिक गीत मोशन पिक्चरको उपाधि

Gobal IME Bank

काठमाडौं । जुनियर एनटीआर र रामचरण फिचर्ड ‘आरआरआर’ को ‘नाटु नाटु’ गीतले गोल्डेन ग्लोब अवार्डमा उत्कृष्ट मौलिक गीत मोशन पिक्चरको उपाधि जितेको छ । एसएस राजामौलीको फिल्म आरआरआर’ को यो गीतले अमेरिकाको क्यालिफोर्नियामा भएको ८० औं गोल्डेन ग्लोब अवार्ड हात पारेको हो।

यो तेलुगु गीत एमएम किरावानीले कम्पोज गरेका हुन् भने यसको शब्द चन्द्रबोसले लेखेका हुन्। गीतमा राहुल सिपलीगञ्ज र काल भैरवले स्वर दिएका छन्।

भारतीय बक्सअफिसमा विभिन्न रेकर्ड तोडेको आरआरआर ले विश्वभरबाट झन्डै १२ सय करोड भारतीय रुपैयाँ कमाएको छ ।

गोल्डेन ग्लोब अवार्ड जितेको यो गीत अस्कर अवार्डमा पनि ओरिजिनल संग को विधाको सर्टलिस्टमा परेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button