गुड न्यूज 24सफल कथा

हजारौ असफलता हुँदा पनि प्रयास गर्न नछोड्ने महान व्यक्ति

Gobal IME Bank

थोमस एल्वा एडिसन एक महान् अमेरिकी वैज्ञानिक तथा व्यापारी थिए । उनले अनेकौ यन्त्र तथा युक्तिहरू विकसित गरे जसबाट संसार भरका मान्छेहरूको जीवनमा भारी बदलाव आयो। विद्युत बल्ब तथा फोनोग्राफ सहित यिनले हजारौ आविष्कार गरे। उनी भारी मात्रामा उत्पादनको सिद्धान्तको व्यवहारमा ल्याउने प्रथम अन्वेषकहरूमध्ये एक थिए । यसको वाहेक खोज गर्नको लागि विशाल टीमको सहारा लिने उनी प्रथम आविष्कारक थिए ।

थोमस एल्वा एडिसनको योगदान बिना आधुनिक संसारको कल्पना गर्न गाह्रो छ। एडिसनका आविष्कारहरू राम्ररी परिचित छन् र इतिहासमा उनको स्थान दृढतापूर्वक स्थापित भइसकेको छ । एडिसनको जन्म ११ फेब्रुअरी सन् १८४७ अमेरिका ओहायोको मिलानमा भयो। एडिसन उनको मातापिताका सातजना मध्ये अन्तिम बच्चा थिए । त्यस युगका धेरै बच्चाहरूको जस्तै, एडिसनको पनि औपचारिक शिक्षा मात्र थियो। सानै उमेरमा उनकी आमाले उनलाई घरमा पढ्न सिकाइन । एडिसन सानै देखि मन्द बुद्धि भएका थिए । ठूलो हुँदै गएपछि उनी पढ्नमा बढी निर्देशित भए साथै वैज्ञानिक पुस्तकहरू र टेक्निकल जर्नलहरू खोजे । उनि मन्द बुद्धिका भएकै कारण उनि यति ठुला आविस्कारक बन्छन होला भन्ने सोच्नु असम्भव थियो तर उनि बनेरै छाडे ।

थोमस एल्वा एडिसन यहाँसम्म पुग्नुमा उनको धेरै ठुलो संघर्ष छ। हजारौ असफलताको वाबजुद पनि थोमसले कहिल्यै हार खाएनन । थोमसले सयौ चोटि असफल भएपछी हार मानेर छोडेको भए सायद आज हामी पनि मैन बत्ती ,टुकी बत्तिमै सिमित हुन्थ्यौ होला । एडिसन गजबको जिद्दी व्यक्ति थिए ,त्यति सजिलै हार मान्नेवाला थिएनन किनकी उनी सोच्थे असफल उनी होइनन उनको प्रयास अनि उनको काम गर्ने तरिका हो । थोमस तव सम्म प्रयत्नरत रहे जव सम्म उनले सफलता प्राप्त गरेनन । त्यहि प्रयासको मिठो फल आज हामी भोगिरहेका छौ । हाम्रो रात पनि दिन जस्तो उज्यालो हुन सम्भव भएको छ। उनी यति धेरै चोटि असफल भएका थिए कि बिस्वास गर्न गाह्रो हुन्छ ,९०९८९ पटकको प्रयास पछि उनले वल्बको आविस्कार गरेका थिए ।

एडिसन भन्ने गर्थे कि “उनि ९०९८९ चोटि फेल भएका थिएनन बरु ९०९८९ यस्तो तरिका खोजेका थिए जसबाट वल्ब बन्न असम्भव थियो” । यहि बाट अन्दाज लगाउन सकिन्छ कति जिद्दी थिए यी व्यक्ति, असफलताको समय कति मान्छेहरुले खिल्ली उडाए होलान, कति चोटि हार खाने अवस्थामा पुगे होलान तर अहँ यी व्यक्तिले प्रयास गर्न छाडेनन । हामी कुनै काममा १० चोटि फेल भयौ भने पनि हामी त्यो काम गर्न छोडि दिन्छौ १० हजार चोटि फेल हुनु र पनि प्रयास गर्न नछोड्नु यो एक असाधारण धैर्य शक्ति हो ।

थोमसले भनेका थिए “दुनियाँका केवल ५% मान्छेले मात्र काम गर्नु अघि सोच्छन बाँकीका ९५ % ले सोच्छन कि उनीहरु सोच्छन “

त्यस्तै हजारौ चोटि असफल हुनुको वाबजुद पनि प्रयास गर्न नछोड्ने अर्का व्यक्ति हुन वलिवुडका महानायक अमिताव बच्चन जसको दमदार आवाज सबको दिलमा राज गरिरहेको छ तर एक समय यस्तो पनि थियो रेडियोमा बोल्नको लागि यिनको आवाज अस्विकार गरेको थियो ।अमिताव बच्चनले फिल्मको लागि धेरै अडिसन दिए तर धेरै अग्लो हुनका कारण उनलाई बारम्बार अस्विकार गरियो । जव उनि पहिलो चोटि मुम्बई आएका थिए उनले धेरै रात सडकमै बिताए । हजारौ प्रयास पछि उनले फिल्ममा काम गर्ने अवसर त पाए तर उनको पहिला १२ फिल्महरु लगातार सुपर फ्लप भए तर अमिताव पनि जीद्दि वर्गका थिए उनले हार मानेनन् र आफ्नो फिल्म यात्रालाई निरन्तरता दिइरहे ।

यहि क्रममा उनलाई जन्जिर नामक चलचित्र मिल्यो जसमा उनले यस्तो अभिनय गरे कि वलिवुड फिल्म इण्डस्ट्रिलाइ एउटा नयाँ स्टार मिल्यो । त्यसपछि उनका एक एक फिल्म सुपर हिट सावित भयो । उनि सुपर स्टार भइसके पछि पनि एक दिन यस्तो समय आयो उनका सबै फिल्म फ्लप हुन थाले । उनी राजनीतिमा पनि होमिए, धेरै मत ल्याएर चुनाव जित्न नि सफल भए तर उनको राजननीति यात्रा पनि असफल रहयो ।
उनले आफ्नै प्रोडक्सन हाउस खोले त्यहाँ पनि यति नोक्सान भयो कि उनले आफ्नो सबैथोक गुमाए साथै ऋनमा डुबे । सबैले भने कि अब सायद अमिताभ बच्चन फेरी सफल हुन सक्दैनन् तर फेरी उनि फिल्म क्षेत्रमा यसरि उदाए कि उनले आफुले गुमाएको सबै चिज फिर्ता ल्याउन सफल भए । आज वलिवुडका महानायक भनेर उनि कहलाउछन । वलिवुडमा विज्ञापनको लागि उनको जति माग हुन्छ त्यति अरु कसैको पनि हुदैन

 

गुड न्यूज 24 डट एनपी

www.gudnews24.com
GoodNews Media

यो पनि पढ्नुहोस् ..

[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”2573″] [irp posts=”3875″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button