मुख्य समाचारसमाचार

उभौलीको अर्को पाटो हो ‘साकेला’

Gobal IME Bank

काठमाडौं । उभौली पर्वको अर्को पाटो हो साकेला नृत्य । यस नृत्यमा सिलीमोपा ‘नाच्नेहरूको प्रमुख’ ले खोरिया फाँडेको, शिकार खेलेको, कपास छरेको, धागो कातेको, तान ‘कपडा’ बुनेको, अन्नबाली रोपेको, छरेको, गोडेको, उठाएको, चराचुरुङ्गी नाचेको अभिनय गर्दै नृत्य गर्छन् । त्यही अभिनयलाई अन्य कलाकारहरूले एक साथ पछ्याउँछन् । नृत्यमा सिलीमोपा ‘सिली प्रमुख’, सिमीमोमा र मूल ढोलेको मुख्य भूमिका र महत्व हुन्छ । यी प्रमुखहरूले सिली टिप्नु र ढोल बजाउन गल्ती गरेमा स्वयम् सिलीमोपालाई अनिष्ट ‘खतरा’ हुने र गाउँमा अशुभ हुने विश्वास गरिन्छ ।

कलाकारहरूले ढोल र झ्याम्टाको तालमा चमर ‘चौंरीगाईको पुच्छर’, सिर्लीङ्मा, सेउली, रुमाल, धनुष काँड, खुरुम्बी, तरवार, भालालगायतका पौराणिक हतियार लिएर नाच्ने गर्छन् । साकेला नाचमा पुर्खाहरूले चलाएको ढिकी, जाँतो, थुम्पे, मान्द्रो, भार, हलो जुवा लगायतका सामग्री प्रदर्शन गर्ने चलन रहेको छ ।

नृत्यले मानव जीवनको जङ्गली अवस्था र कृषि युगदेखि वर्तमान आधुनिक युगसम्मको झल्को दिने गर्छ । यस नृत्यले फगत मनोरञ्जन मात्र नभएर मानव विकासको इतिहास र सभ्यता बोकेको हुन्छ । साकेला नाच्नमा उमेरको तोकिएको हुँदैन । बालबालिकादेखि वृद्धवृद्धासम्म एउटै लहरमा साकेलाको स्टेप ‘सिली’ टिपिरहेका हुन्छन् । कलाकारहरूको घेराभित्र पसेर ढोल बजाउँदै गीत गाएर गोरु जुधे झैं ढोल जुधाएर मनोरञ्जन दिने र लिने चलन छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button