मनोरञ्जनमुख्य समाचारसमाचार

क्रिकेटर सन्दीप लामिछाने आज यूएई जाँदै

Gobal IME Bank

काठमाडौं । सर्वोच्च अदालतले विदेश भ्रमण फुकुवागरेसँगै क्रिकेटर सन्दीप लामिछाने आज यूएई जाने भएका छन् । आईसीसीले भने खेलको लागि सन्दीपलाई अनुमति दिइसकेको अवस्था छैन् तर पनि नेपाल क्रिकेट संघ (क्यान) ले भने सन्दीपलाई विश्वकप लिग २ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा सहभागी गराउन यूएई पठाउने तयारी गरेको हो ।

नेपाल पनि यूएईमा जारी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा सहभागी रहेको छ । विदेश यात्रामा अदालतले गराएको प्रतिबन्धका कारण सन्दीप नेपाली राष्ट्रिय टिमसँग जान पाएका थिएनन् । सर्वोच्चले आइतबार विदेश भ्रमण फुकुवागरेसँगै उनलाई यूएई जाने बाटो खुलेको हो ।

यूएईमा खेलिरहेको राष्ट्रिय टिमका एक-दुई खेलाडी चोटग्रस्त भएकाले सन्दीपलाई प्रतिस्थापन गर्ने गरी पठाउन लागिएको क्यानले जनाएको छ । सन्दीप क्यानको रिजर्भ खेलाडीको लिष्टमा रहेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button