शिक्षा स्वास्थसमाचार

सर्पले टोके के गर्ने र के नगर्ने ?

Snake Bite!

Gobal IME Bank

अहिले मध्य गर्मी र वर्षाको समय छ, यो बेला तराई मधेश तथा पहाडमा बढी सर्प देखिने गर्छ । तराई तथा पहाडमा सर्पको टोकाइबाट हरेक वर्ष थुप्रै मानिसले ज्यान गुमाई रहेका हुन्छन् ।

सर्पको टोकाईबाट जोगिन र टोकी हालेके गर्ने :

– सर्पको टोकाइबाट जोगिन के गर्ने ?

१. घर वरपरको घाँस झारपात काटेर सफा राख्ने ।
२. जमिनका दुलाहरु टाल्ने ।
३. सकेसम्म रातीमा नहिड्ने, हिडनु परेमा टर्च लाइट वा उज्यालो बत्ती लिएर मात्रै हिड्ने ।
४. राती हिड्दा जुत्ता वा गमबुट लगाएर मात्र निस्कने ।
५. पराल दाउरा आदि लिन जाँदा होसियारी अपनाउने ।
६. सुत्नु अघि ओछ्यान खाटमुनी र वरपर राम्ररी हेर्ने ।
७. सधै झुल टाँगेर सुत्ने ।

सर्पले टोकिहाले के गर्ने ?

१. टोकेको ठाँउलाई नचलाई स्थिर राख्ने ।
२. सर्पले टोकेको ठाउँमा काट्ने चुस्ने बाध्ने जस्ता कार्य नगर्ने ।
३. मलम र रासायनी पदार्थ तातो चिसो प्रयोग नगर्ने ।
४. विरामीको आत्मविश्वास कायम राख्नका लागि सहयोग गर्ने र आत्तिन नदिने ।
५. धामी झाक्रीकोमा नलैजाने ।
६.सम्भव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने ।
७. जति सक्दो चाँडो अस्पताल वा सर्प उपचार केन्द्र पुर्याउने ।

-Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button