मुख्य समाचारसफल कथासमाचार

एट्ल्यान्टिक महासागरमा प्लेन उडाउने पहिलो महिला पाइलट ‘अमेलिया’ को रहस्य

Gobal IME Bank

काठमाडौँ । अमेलिया एयरहार्ट विश्वको पहिलो महिला पाइलट हुनुहुन्थ्यो जसले एट्लान्टिक महासागरमा प्लेन उडाउनु भएको थियो र रहस्यमयी रुपमा प्लेन उडाउँदा बेपत्ता हुनु भएको थियो ।

अमेलिया एयरहार्ट को हुनुहुन्थ्यो ?
अमेलिया एयरहार्ट जसलाई ‘लेडी लिन्डि’ को नामले पनि चिनिन्छ । उहाँ अमेरीकी एविएटर हुनुहुन्थ्यो । सन् १९३७ मा प्लेन उडाउने क्रममा इक्वेटरको माध्यमबाट सर्कमनेभिगेट गर्ने कोसिस गर्दा गर्दै रहस्यमयी रुपमा गायब हुनु भएको थियो । अमेलिया पाइलटको लाइसेन्स प्राप्त गर्ने १६ औँ महिला हुनु हुन्थ्यो र उहाँ एट्ल्याटिक र प्रशान्त महासागर विमान उडाउने पाइलटको रुपमा चर्चित हुनु हुन्थ्यो । सन् १९२८ मा एट्ल्याटिक महासागरमा अमेलियाको विमान उडानलाई निकै नोटिस गरिएको थियो र उहाँ एट्ल्यान्टिक महासागरमा पार गर्ने पहिलो महिला पाइलट हुनु हुन्थ्यो । सन् १९३९ मा अमेलियालाई कानुनी रुपमा मृत घोषणा गरिएको थियो ।

अमेलिया एयरहार्टको जन्म सन् १९९७ मा जुलाई २४ मा कान्सासके एटचिसनमा भएको थियो । सन् १९२० मा लङ बिच सो मा विमान सवार गरे पछि अमेलियाको जीवन परिवर्तन भएको थियो । यस उडानपछि अमेलियाले विमान उडाउने, एवियटर बन्ने निर्णय लिनु भएको थियो । फोटोग्राफर देखि ट्रक ड्राइभरको काम गर्दै उहाँले एवियटरको ट्रेनिङको लागी जम्मा गरेर उहाँले विमान उडाउन सिक्नु भएको थियो । अमेलियालाई एवियटर निता स्नुकले विमान उडाउन सिकाउनु भएको थियो । आफ्नो २५ औँ जन्मदिनमा अमेलियाले ‘किनर एयरस्टर बाईप्लेन’ किन्नु भएको थियो र सन् १९२२ मा त्यही बाईप्लेन १४ हजार फिट उचाईमा उडाएर उहाँले महिलाको तर्फबाट अल्टिट्युड रेकर्ड राख्नु भएको थियो ।

सन् १९२३ मे २३ मा अमेनियाले १६ महिला एवियटरको लाइसेन्स प्राप्त गर्नु भएको थियो । चाल्र्स लिन्डबर्गसँग प्लेनमा प्यासेन्जरको रुपमा एट्ल्यान्टिक महासागर पार गर्ने उहाँ पहिलो महिला बन्नु भएको थियो त्यस समय यसप्रकारको उडान महिलाहरुको लागि जोखिम पुर्ण मानिन्थ्यो ।

सन् १९२८ को जुलाई १७ मा न्युफाउन्डल्यान्डबाट वेल्समा फ्लाइट ल्यान्ड भए पछि अमेलिया एयरहार्ट मिडिया सेन्सेसन र महिलाहरुको अचिभमेन्टको प्रतिक बन्नु भएको थियो । सन् १९३२ मा अमेलिया एट्ल्यान्टिक महासागरमा एक्लै विमान उडान गर्ने पहिलो महिला पाइलट बन्नु भएको थियो । उहाँले अमेरिकन ‘डिस्टिङ्गुइस्ड फ्लाईङ क्रुस’ अवार्ड प्राप्त गर्नु भएको थियो र यसका साथै अमेलियालाई ‘द क्रस अफ द फ्रेन्च लिजियन’ ले पनि सम्मानित गरिएको थियो । सन् १९२९ मा अमेलियाले महिला एवियटरको संगठन ‘नाइन्टी नाइन’ लाई स्थापित गर्न मद्दत गर्नु भएको थियो ।

पर्ड्यु युनिभर्सिटिले सन् १९३५ मा एवियटर एड्भाइजर र महिला करियर काउन्सलरको रुपमा हायर गरेको थियो । अमेलियाले ‘लकहिड प्लेन’ किन्नु भएको थियो जसमा सवार भएर उहाँ सन् १९३७ जुन १ मा नेभिगेटर फ्रेड नुननको साथमा मियामीबाट विश्वभरी विमान उडान गर्ने पहिलो महिला बन्ने लक्ष्यको साथमा उड्नु भएको थियो । हाउल्यान्ड आइल्यान्डको सात हजार माइल नजिक आइ पुगे पछि प्लेनले रेडियो कन्ट्याक्ट गुमाए पछि उत्त विमान रहस्यमयी रुपमा बेपत्ता भएको थियो । दशकौ सम्म प्लेनको खोजी गरिए पनि अमेलिया र फ्रेड सवार प्लेन कहिले पनि भेटिएन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button