शिक्षा स्वास्थसमाचार

श्रावणको महिमा

Shrawan Month!

Gobal IME Bank
परापूर्वकालदेखि नै साउने सोमबारको दिन व्रत बसी चोखो खानाहरु खाने चलन थियो तर अहिले आधुनिकता र समयको मागसँगै साउन महिना भरि हरियो, पहेलो र रातो रंगको सारी,चोलो, कुर्ता, चुरा, पोते, नङ पालिस, मेहेन्दी आदि लगाउने  शिव मन्दिरमा जाने, रुद्राभिषेक गर्ने प्रचलन बढेको छ यस कार्यमा महिला मात्रै नभएर पुरुषहरू पनि संलग्न भएको देख्न पाइन्छ ।

विववाहित महिलाहरुका लागि चुरा पोते र टीकाको महत्त्व बढी नै छ । आफ्नो सौभाग्यका लागी चुरा लगाउने चलन त छदैछ साथमा चुराले महिलाको सुन्दरतालाई नै बढाइदिन्छ । पहिरनको रङ्गसँग मिल्ने काँचका चुरा हातभरी लगाउँदा हातको सौन्दर्यमा आर्कषण थपिन्छ ।

साउन महिनामा चारैतिरको प्राकृतिक वातावरण एवं बोटविरुवा हरियो हुने भएकाले प्रकृति जस्तै हरियो भएर हिँड्नाले भगवान माहदेव खुसी हुने अधिकांश विद्वान एवं हिन्दु महिलाहररूको विश्वास छ । प्राकृतिक रुपले नै साउन महिना जलमय हुने हुँदा जताततै रमणीय एवं हरियाली दृश्य देख्न पाइन्छ । हरियो रङ्गलाई प्रेम र वातावरणको प्रतीक मानिन्छ । हरियो वस्त्रलाई प्रकृतिको सम्मानका रुपमा लिन सकिने भएकाले साउन महिनाभरि नै हरियो वस्त्र, हरियो चुरा, हरियो पोते र हरियो टीका लगाउने चलनलाई प्रकृतिको सम्मान संग पनि जोडेर हेर्न सकिन्छ ।

हरियो प्रेम र वातावरणको, रातो सौभाग्यको र पहेंलो पवित्रताको प्रतीक हो । ८० वर्ष पार गरेकी हजुरआमा देखी भर्खरै जन्मेका डेढ दुइवर्षका नातीनीसम्मका हातमा हरिया चुराले सजाएर साउन महिनाको स्वागत गरिरहेका हुन्छन् । अहिले साउन भन्नासाथ हरियो रङ्ग को पर्यावाची जस्तै लाग्न थालेको छ । महिलाहरूमा साउन महिना लाग्नासाथ हरियो चुरा र पोते लगाउनुपर्छ भन्ने मानसिकता बढेको देख्न पाइन्छ । त्यसैले यो आस्थामय साउन महिनामा हरियो, पहेलो र रातो सम्मिश्रण गरी  गरिएको श्रृङ्गार र कपडा विशेष रुपले पहिरिइन्छ । साउन महिना भरि हरियो चुरा, हरियो बस्त्र र हत्केलाभरि मेहन्दीले सजिएका किशोरी, युवती र प्रौढहरुलाई देख्दा हिन्दु सांस्कृतिक, संस्कार र विश्वास अझ गाढा हुदै गएको महशुस गर्न सकिन्छ । अझ हत्केलामा जति बढी गाढा मेहन्दीको रङ्ग बस्यो उति नै श्रीमानको मायाँ पाइन्छ भन्ने जनविश्वास पनि छ । -Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button