मनोरञ्जनसमाचार

साउने सोमबारको महत्व

Shrawan Month!

Gobal IME Bank

पवित्र महिना साउन र सोमबारको छुट्टै विशेषता र महत्व छ । साउने सोमबारका दिन भगवान् महादेवको विशेष पूजाआराधना गर्ने हिन्दु परम्परा छ । ज्योतिषशास्त्रअनुसार सोमवारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ । अझ यो महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ ।

हस्ता नक्षत्रयुक्त सोमवारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ।

साउने सोमबारको व्रतलाई विशेष तरिकाले उत्सवका रूपमा मनाउन थालिएको छ। व्रत नबस्ने महिलाहरु पनि हरियो, पहेलो चुरा र मेहन्दी लगाउछन् । देशभरका शिवा मन्दिरमा हरियो चुरा, पोते र रातो पहिरनमा सजिएका युवती तथा महिलाको भीड लाग्ने गर्छ ।
त्यसैगरी साउन महिनाका सोमबार बोलबम भन्दै महिला तथा पुरुष भक्तजनले पवित्र जल शिवालयहरुमा अर्पण गर्ने परम्परा पनि छ । धर्म तथा संस्कृतिविद्हरुका अनुसार साउन महिनामा धेरै पानी पर्ने कारण बाढी पहिरो आएर समाजमा प्राकृतिक दुर्घटना नहोस् भनेर भगवान शिवको पूजा गरिन्छ ।

पौराणिक मान्यताअनुसार पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेकी हुनाले भगवान शिवलाई खुसी पार्नका लागि यो महिना विशेष हुन पुगेको हो । त्यसो त शिवको पूजा बालाचतुर्दशी मङ्सिर, माघे संक्रान्ति माघमा, महाशिवरात्री फागुनमा, अक्षय तृतीया वैशाखमा मनाइन्छ तर अरू महिनामा एक दिन मात्र शिवको पूरा गरिन्छ भने साउन महिनामा महिनाभरि नै शिवको पूजा गर्ने गरिन्छ । शिवलाई जलधार निकै प्रिय छ । प्रकृतिले नै जलधारा लगाउने यो महिना वातावरणीय स्वच्छताका हिसाबले पनि उत्तम मानिन्छ ।

हिन्दु धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ । यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा धेरै फल प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । पुराणहरूमा मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ । ती हुन्– साउने सोमबार, र्सोह सोमबार एवं सोम प्रदोष । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ । दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ । -Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button