अन्यमनोरञ्जनसमाचार

बाटोमा गीत गाउँने व्यक्ति बनिन् बलिउड गायिका

Gobal IME Bank

बलिउडमा सामाजिक सञ्जालमा एक जना भारतीय महिलाको भिडियो भाइरल भएको छ । रेलवे स्टेसनको बेन्चमा बसेर गीत गाएकी ती महिलाको भिडियो हेरेर तारिफ नगर्ने सायदै कोही थिएन, नहुन पनि कसरी, उनको स्वर नै त्यति मिठो थियो । भारतको पश्चिम बंगालको रानाघाट स्टेसनमा ‘एक प्यारका नग्मा है’ गाउने महिला हुन् रानु मोन्डल। उनी यसरी गाएरै आफ्नो पेट पाल्दै आएकी थिइन् ।

ranu-mondal-main।

एक दिन उनको स्वर सामाजिक सञ्जालमा गुञ्जियो। मिठो स्वर भएकी उनलाई धेरैले चर्चित गायिका लता मंगेशकर ‘जस्तै’ भने। रानु आफैंले पनि लताबाट प्रेरित भएको बताएकी थिइन्। उनलाई ‘रानाघाटकी लता मंगेशकर’ पनि भन्न थालिएको छ । उनको भिडियो र स्वर दुवै हिट भएको केही दिनपछि उनको खोजी हुन थाल्यो।

कसैले उनलाई भेट्यो र बाटामा बस्दै आएकी रानुको सरसफाइ र श्रृंगार भयो। उनको स्वरझैं सुन्दरता पनि निखारियो। आफ्नो स्वरको जादूले रानुले धेरैको मन जितिसकेकी थिइन्। तर उनको कमाल यतिमै सीमित भएन। रानु टेलिभिजन कार्यक्रम ‘सुपरस्टार सिंगर’मा देखिइन्। सामाजिक सञ्जालले उनलाई धेरै शुभकामना दिए । कार्यक्रममा सहभागी केटाकेटी भेटिन्। यहीँ उनको जीवनमा नयाँ मोड दिने व्यक्ति पनि थिए– गायक तथा संगीतकार हिमेश रेशमिया । कार्यक्रमको निर्णायकका रूपमा रहेका हिमेशले रानुको स्वर सुनेपछि आफू निकै प्रभावित भएको बताए। उनको स्वरको तारिफ गर्दै उनलाई ‘काम दिने’ बताएका थिए र हिमेशले आफ्नो बोली पूरा गरेका छन्।   गायक हिमेशले आफ्नो नयाँ फिल्म ‘ह्याप्पी हार्डी एण्ड हिर’को लागि तेरी मेरी कहानी’ बोलको गीत रानुसँग रेकर्ड गराएका छन्। स्टुडियोमा रेकर्ड गरिएको भिडियो हिमेशले सोसल मिडियामा  सेयर गरेका छन् ।

तल हेर्नुहोस्  रेलवे स्टेसन गाएको भाइरल भिडियो 

ranu_main ranu-mondal-main

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button