मुख्य समाचारसमाचार

प्रधानमन्त्री देउवा सन्तनेता भट्टराईको स्मृतिमा आयोजित भागवत महापुराण यज्ञमा सहभागी

Gobal IME Bank

काठमाडौं । प्रधानमन्त्री एवम नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सन्तनेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मो जयन्तीको अवसर पारेर आयोजित भागवत महापुराण यज्ञमा सहभागी हुनुभएको छ ।

सोमवार ललितपुरको बाँडेगाउँस्थित सन्तनेता स्वर्गीय भट्टराईको निवासमा आयोजित सो महायज्ञमा प्रधानमन्त्री देउवा सहभागी हुनुभएको हो । त्यस अवसरमा उहाँले महायज्ञमा पूजापाठ गरी प्रसाद ग्रहण गर्नुभएको थियो भने सन्त नेता भट्टराईको शालिकमा माल्यार्पणसमेत गर्नुभएको थियो ।

महायज्ञमा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, पूर्वमन्त्री शरदसिंह भण्डारीलगायतका नेताहरुको उपस्थिति रहेको थियो । नेपाली काँग्रेसका संस्थापक नेता, पूर्वप्रधानमन्त्री एवम नेपालको पहिलो सभामुख भट्टराईलाई नेपाली राजनीतिका सादा जीवन र उच्च विचारको नेताको रुपमा लिइन्छ ।

उहाँको राजनीतिसँगै आध्यात्मिक क्षेत्रमा पनि विशेष रुचि रहेको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button