Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

शिरोधरा उपचारको विभिन्न लाभ, शारीरिक र मानसिक रूपमा तन्दुरुस्त

एजेन्सी । शिरोधारा एउटा यस्तो उपचार पद्धति हो जसले मानिसको सुन्दरता बढाउनुका साथै शारीरिक र मानसिक रूपमा तन्दुरुस्त राख्न मद्दत गर्छ। शिरोधारा संस्कृत शब्द शिरस् र धाराबाट बनेको हो। शिरस् भनेको टाउको र धारा भनेको केही तरल वस्तु बगाउनु हो। यसरी शिरमा तेलको धारा हाल्नुलाई शिरोधारा भनिन्छ। यसमा औषधियुक्त तेलको प्रयोग गरी मसाज गरिन्छ ।

शिरोधारा जडीबुटी मिश्रित तेलका माध्यमबाट मसाज गर्ने एक तरिका हो। यसका लागि विशेष किसिमको तेल प्रयोग गरिन्छ । शिरोधारामा तेलको सट्टा दूध या मही पनि प्रयोग गर्ने चलन छ । यसमा जडिबुटीहरु हालेर विशेष तेल बनाइन्छ । ठूलो एउटा भाँडामा तेल राखिन्छ जसको बिच भागमा प्वाल हुन्छ। त्यही प्वालबाट निस्कने तेललाई व्यक्तिको निधारको बिच भागमा पारिन्छ । यो तेल मनतातो हुनुपर्छ। निधार र टाउकोमा यस्तो तेल लगभग ४५ मिनेट सम्म खसाल्ने गरिन्छ।

शिरोधाराबाट के लाभ हुन्छ ?

अहिलेको व्यस्त जीवनमा मानिसहरुमा धेरै तनाव पनि भई रहेको हुन्छ। यसप्रकारको तनावबाट छुट्कारा पाउन शिरोधारा अति उत्तम माध्यम हो । यो एक किसिमको मेडिटेसन पनि हो। यसले तेल भित्रसम्म गएर कपाल र नर्भ सिस्टमलाई सहज बनाउछ र आराम प्रदान गर्छ। शिरोधाराले सुख्खा कपाललाई चमकदार र मजबुत बनाउन पनि मद्दत गर्छ। यसले डिप्रेसनको समस्या भएको मानिसलाई पनि मन र मस्तिष्क शान्त पार्न मद्दत गर्छ।

शिरोधारा मसाज गरिरहेको बेला टाउकोमा झर्ने तेल को धाराबाट एक निश्चित मात्रामा कम्पन निस्कन्छ जसले शरीरका विभिन्न अंगहरु लाई क्रियाशील बनाइदिन्छ। शिरोधारा शारीरिक र मानसिक स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक मानिन्छ। मानसिक तनाव, टाउको दुख्ने, माइग्रेन र निद्रा नलाग्ने जस्ता समस्यामा शिरोधारा उपयोगी मानिन्छ।

शिरोधरा उपचारले विभिन्न लाभ प्रदान गर्छ

तनाव कम गर्न मद्दत गर्छ

माइग्रेनको समस्या कम गर्छ

उच्च रक्तचाप कम गर्न मद्दत गर्छ

निद्रा नलाग्ने समस्या कम गर्छ

शरीरमा स्फूर्ति र उर्जा पैदा गर्छ

कपाल झर्न रोक्छ

ध्यान राख्नुपर्ने कुरा

शिरोधारा हेर्दा सरल देखिए पनि, यो सरल र सहज भने हुदैन। यसका लागि विशेषज्ञबाट नै शिरोधारा मसाज गराउनुपर्छ। कहिलेकाही गलत तरिकाबाट गरिएको मसाजले नर्भ सिस्टमलाई असर गर्न सक्छ। सही स्थान र विशेषज्ञ बाट शिरोधारा मसाजले शारीरीक र मानसिक स्वास्थ्यमा लाभ प्रदान गर्छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button