Thursday , 24 June 2021

हेटौँडा–काठमाडौँ सुरुङमार्ग पहिलो प्राथमिकता : मन्त्री फुयाँल -GoodNews24

हेटाैँडा । वाग्मती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने भीमफेदी–काठमाडौँ सुरुङमार्ग निर्माणलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।

मन्त्री फुयाँलले राससकर्मीसंँग कुरा गर्दै मुलुकको समृद्धिका लागि प्रधानमन्त्रीले देखाउनुभएको सपना र वाग्मती प्रदेशका मुख्यमन्त्रीले तयार पार्नुभएको योजना पूरा गर्न आफू लागिपर्ने बताउनुभयो । उहाँले प्रदेशका १३ वटा जिल्लाका ११९ वटै स्थानीय तहको विकासका लागि आफूले दिनरात नभनी काम गर्ने बताउनुभयो । मन्त्री फुयाँलले भन्नुभयो, ‘‘अबको तीन महिनामा आफूले गरेको कामको विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नेछु ।’’

उहाँले कर्मचारीतन्त्रलाई जनतामुखी बनाउन मुस्कानसहितको सेवाको अवधारणा पूर्णरुपमा कार्यान्वयन गरिने बताउनुभयो । कर्मचारी क्षेत्रलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो । उहाँले पारदर्शिता र जवाफदेहीप्रति पूर्ण प्रतिवद्ध भएर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

काठमाडौँ जिल्ला क्षेत्र नम्बर ३ तथा प्रदेशसभा “ख” बाट प्रदेश सभा सदस्यमा निर्वाचित फुयाँल यसअघि संविधानसभा सदस्य हुनुहुन्थ्यो । नेकपा बाग्मती प्रदेशका प्रमुख सचेतक समेत रहनु भएका फुयाँल लामो राजनीतिक यात्रापछि मन्त्री बन्नुभएको हो । विसं २०३६ सालदेखि विद्यार्थी राजनीतिमा लाग्नुभएका फुयाँल २०४१ सालमा तत्कालीन एमालेको सदस्य हुनुभएको थियो ।

विसं २०६५ सालमा सम्पन्न पार्टीको आठौ राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय सदस्यका रुपमा निर्वाचित हुनुभएका फुयाँल २०४९ र २०५४ सालमा काठमाडौँको आलापोट गाविसको अध्यक्ष, २०७० सालको संविधानसभाको चुनावमा निर्वाचित हुनुभएको थियो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

आजदेखि खोप प्रदेशमा पठाइँदै-Goodnews24

काठमाडौँ, १० माघ – कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । …

Powered by Youth Circle