समाचार

शुक्लाफाँटामा २५ श्ययाको आइसोलेसन सञ्चालन-GoodNews24

Gobal IME Bank

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कोरोना सङ्क्रमितहरुको उपचारका लागि आइसोलेसन सञ्चालनमा ल्याइएको छ । नगरपालिकाको वडा नं १० स्थित कृष्ण बैजनाथ क्याम्पसमा आइसोलेसन सञ्चालन गरिएको हो ।

कारोना भाइरस सङ्क्रमितलाई राख्नका लागि आइसोलेसन सञ्चालनमा ल्याइएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताउनुभयो । “पच्चीस शय्याको आइसोेलेसन सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो, “बिरामीको सङ्ख्याका आधारमा शय्या सङ्ख्या बढाउँदै लैजाने योजना छ ।”

आइसोलेसनमा नगरपालिका क्षेत्रका भारतबाट फर्केका १० कारोना सङ्क्रमितलाई राखिएको छ । आइसोलेसनमा बस्नेलाई दुई छाक खाना र नास्ताको व्यवस्था गरिएको छ । लक्षणविहीन सङ्क्रमितलाई आइसोलेसनमा राखिने र लक्षणसहितका सङ्क्रमितलाई महाकाली अस्पतालको आइसोलेसनमा पठाउने व्यवस्था गरिएको स्वास्थ्यकर्मी लोकेन्द्र ऐरले बताउनुभयो ।

नगरपालिकाले यसअघि भारतबाट फर्कनेहरुलाई होम क्वारेन्टिनमा पठाउँदै आएकामा अबदेखि श्रीकृष्ण माध्यमिक विद्यालयमा क्वारेन्टिनको व्यवस्था गरी राख्ने भएको छ । “भारत लगायत अन्य मुलुकबाट फर्कनेहरुलाई सिधै सीमा क्षेत्रबाट क्वारेन्टिनमा राख्छौँ”, नगरप्रमुख दिलबहादुर ऐरले भन्नुभयो ।

भारतलगायत अन्य मुलुकबाट आउनेलाई नगरपालिकाले यसअघि होम क्वारेन्टिनमा पठाउँदै आएको थियो । समुदायमा सङ्क्रमण फैलिने खतरा बढेपछि क्वारेन्टिनको व्यवस्था गरिन लागेको हो । नगरपालिकामा हालसम्म ७१ जना कोरोनाबाट सङ्क्रमित भएका छन् ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”3174″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button