मुख्य समाचारशिक्षा स्वास्थसमाचार

‘लू’ लाग्दा देखिने ७ लक्षण र बच्ने ८ उपायहरु…

Gobal IME Bank

एजेन्सी । तापक्रम बढेसँगै तराईका क्षेत्रहरुमा तातो हावा ‘लू’ चल्न सक्ने सम्भावना बढेको छ । ‘लू’ ले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन आग्रह गरेको छ । ‘

जल तथा मौसम विज्ञान विभागले तापक्रम बढेसँगै तराईका जिल्लाहरुमा तातो हावा लू चल्न सक्ने सम्भावना रहेको र यसले स्वास्थ्यमा असर पार्न सक्ने भएकाले सचेत रही सुरक्षाका उपायहरु अपनाउन अनुरोध गरेको छ ।

‘लू’ को ७ लक्षणहरु

१. शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुने,
२. टाउको अत्याधिक दुख्ने,
३. शरीरबाट पसिना आउने,
४. श्वासप्रश्वास र रक्तचाप कम हुने,
५. चक्कर लाग्ने, अचेत हुने,
६. हृद्धयको गति तीब्र हुने,
७. छाला सुख्खा, रातो र तातो हुने

‘लू’ बाट जोगिने ८ उपाय

१. दिउँसो घरबाट बाहिर ननिस्कने,
२. चिसो पानीले नुहाउने,
३. पानीको मात्रा धेरै हुने फलफूल र फलफुलको जुस, पानी ज्यादा मात्रामा पिउने र धेरै पसिनामा आएमा जीवनजल पिउने,
४. बाहिर निस्कन पर्दा पातलो कपडाले टाउको छोप्ने, क्याप लाउने वा छाता ओढ्ने,
५. खेतवारीमा कामकाज सकभर विहान वा बेलुका मात्र गर्ने,
६. मदिरापान नगर्ने,
७. क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडाजस्ता पेय पदार्थ नपिउने,
८. चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने आदि ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button