मुख्य समाचारशिक्षा स्वास्थसमाचार

थाइरोइड रोगबारे ७ भ्रम र यथार्थ !

Gobal IME Bank

एजेन्सी । थाइरोइड पुतली आकारको ग्रन्थी हो यो घाँटीभित्र र कलरबोन भन्दा माथी हुन्छ। थाइरोड ग्रन्थीले पर्याप्त थाइरोइड हार्मोन उत्पादन नगर्दा हाइपोथाइरोडिज्म हुने गर्छ । यो कन्डिसनलाई अन्डर एक्टिभ थाइरोइड पनि भनिन्छ ।

थाइरोइट दुइ प्रकारका हुन्छन् हाइपर थाइराइड र हाइपो थाइराइड । हाइपर थाइरोइडमा हर्मोन बढी उत्पादन हुन्छ भने हाइपो थाइरोइडमा हार्मोनको मात्रा कम हुन्छ। दुवै प्रकारका समस्याहरूमा हर्मोन उत्पादन सन्तुलनमा हुँदैन।

थाइरोइड रोगबारे केही भ्रम छन्, जुन मानिसहरुले अझै पनि सत्य हो भन्ने ठान्छन् । थाइराइडसँग सम्बन्धित ७ भ्रम र सत्य १

१. थाइराइडको समस्या मध्यम उमेरका र वृद्धवृद्धालाई मात्र हुन्छ । अचेल अव्यवस्थित जीवनशैलीका कारण हरेक उमेर समुहका मानिसलाई यो रोग लाग्न थालेको छ ।

२. थाइरोइडमा गाँठो हुनुको अर्थ तपाईलाई थाइरोइड क्यान्सर भएको हो । थाइरोइड नोड्युलको कारण क्यान्सरको जोखिम ५ प्रतिशत मात्र हुन्छ । त्यसैले, हरेक गाँठोलाई थाइराइड क्यान्सर भन्नु हुँदैन ।

३. थायरोइड रोग महिलालाई मात्र हुन्छ। थाइराइडको बारेमा मानिसहरूको दिमागमा यो रोग महिलालाई मात्र लाग्छ भन्ने गलत धारणा छ। यद्यपि यो ठूलो भ्रम हो। थाइराइड पुरुष र महिला दुवैलाई हुन सक्छ। महिलाहरूमा थाइराइडको कारणले गर्दा प्रजनन क्षमता, गर्भावस्था र महिनावारीलाई असर गर्न सक्छ। थाइरोइडको लक्षण पुरुषहरूमा फरक हुन सक्छ।

४. अतिरिक्त थाइरोइड हर्मोन सेवन गर्नाले अतिरिक्त उर्जा मिल्छ र तौल कम हुन्छ । अतिरिक्त थाइरोइड हर्मोन सेवन गर्नाले तपाईंलाई हानी हुन सक्छ। यसले साइड इफेक्टहरू निम्त्याउन सक्छ। जस्तै अनिद्रा, कम्पन, बढ्दो भोक र मुटुको धड्कनमा असर इत्यादि । थाइराइडको औषधी सधै चिकित्सकको सल्लाह लिएर मात्र लिने गर्नु पर्छ।

५. थाइरोइड भएका सबै बिरामीहरूलाई आयोडिनको कमी हुने गलगाँडमा हुने समस्या हुन्छ। औषधीको नियमित प्रयोगले सामान्य टिएस एच रिपोर्टहरूमा परिणाम दिन्छ। हाइपोथाइराइडिज्म भएका अधिकांश बिरामीहरूलाई आजीवन औषधी चाहिन्छ।

६. राम्रो खाना खाएमा हाइपोथाइराइडिज्म निको हुन्छ भन्ने मान्यता मानिसहरुमा छ । सन्तुलित आहारले मात्रै तपाईले आफ्नो थाइराइड हर्मोनलाई सामान्य अवस्थामा ल्याउन सक्नुहुन्न।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button