अन्य

तितो करेलाका फाइदाहरू पढ्नुहोस् – गुड न्यूज

Gobal IME Bank

tite-karelaकरेलाको तरकारी प्राय कमैलाई मात्र मन पर्छ। करेलाको स्वाद तितो भए पनि यसले गर्ने कामहरु निकै मिठा हुन्छन । करेला स्वास्थ्यको लागि एकदम फाइदाजनक तरकारी हो । कतिपय मानिसहरु तितो हुने भएर करेला मन पराउदैनन त कतिपय मानिसहरु प्रेसर कम हुन्छ भनेर करेला खादैँनन्,। हाम्रो भान्सामा कम्तिमा पनि हप्तामा एक दिन करेलाको तरकारी बनाउनु उपयुक्त हुन्छ । अरु तरकारीको तुलनामा करेलाले हाम्रो स्वस्थ्यलाई फाइदा पुर्याउछ । करेलामा प्रशस्त प्रोटिन, भिटामिन र कार्वोहाइड्रेट पाइन्छ । यसको विश्वभर खेती गरिन्छ, जुन धेरै प्रकारका एशियाली खानाहरूमा मुख्य पनि मानिन्छ।

करेलाका फाइदाहरु यस प्रकार छन् ।

– रगतमा चिनीको मात्र कम गर्न सहयोग गर्छ ।
करेलामा धेरै शक्तिशाली औषधीय गुणहरू हुन्छ । करेलालाइ मधुमेह-सम्बन्धित रोगहरुको उपचार गर्न संसारभरका आदिवासी जनजातिहरूले लामो समयदेखि प्रयोग गर्दै आएका छन्। धेरै अध्ययनहरूले रगतमा चिनी नियन्त्रणमा करेला उपयुक्त भएको पुष्टि गर्‍यो। करेलाले इन्सुलिन हर्मोनको उत्पादन बढाउँछ र उक्त इन्सुलिन हर्मोनले रगतमा चिनीको मात्रालाई बढ्न नदिने कार्य गर्दछ ।

– तौल घटाउन सहयोग गर्छ । 
करेलाले तौल घटाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ , किनकि यसमा क्यालोरी कम छ र फाइबर उच्च छ। करेलाको जुस एक कपमा २ ग्राम फाइबर पाउन सकिन्छ ।

– करेलाले भोक जगाउनुका साथै पाचन प्रकृयामा सहयोग गर्छ ।

– कोलेस्ट्रोलको स्तर घटाउन सक्छ ।
कोलेस्ट्रोल बढ्नाले मुटुको धमनीहरूमा बाक्लो तह निर्माण हुन्छ । जसले गर्दा मुटुलाई रगत पम्प गर्नको लागि कडा मेहनत गर्नु पर्छ र मुटु रोगको खतरा बढाउँदछ। करेलाले रगतमा चिनीको मात्रा कम गरे संगै मोटोपन बढ्न दिदैन जसको कारण कोलेस्ट्रोल लेबल पनि बढ्दैन ।

– हड्डी बलियो बनाउँछ
करेलामा हुने भिटामिन K र C ले हड्डीमा क्याल्सियम सोस्न मद्दत गर्दछ जसको कारण लड्दा या चोट लाग्दा हड्डी टुट्ने भाचिने सम्भावाना कम हुन्छ ।

– यसले रोग संग लड्ने प्रति रक्षा शक्तिलाई बढाउछ
साइन्स एण्ड टेक्नोलोजी जर्नलले एक अध्ययनबाट पत्ता लगायो कि शरीरका बिरामीहरूको बिरूद्ध शक्तिशाली सुरक्षा गर्ने थुप्रै बिभिन्न एन्टीआक्सीडन्सको स्रोत करेला हो। यसले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन सहयोग गर्दछ ।

– यसले हेमोग्लोबिन बढाउन मद्दत गर्छ ।

– प्रशस्त मात्रामा पानि रुचाउछ ।

– कलेजो सम्बन्धि रोगलाई फाइदा गर्छ ।

गुड न्यूज 24 डट एनपी

www.gudnews24.com
GoodNews Media

goodnews24 banner

यो पनि हेर्नुहोस् । 

http://gudnews24.com/land-for-home-in-nepal/

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button