मुख्य समाचारशिक्षा स्वास्थसमाचार

तपाईको बच्चालाई भर्चुअल अटिजम त भएको छैन् ? के हो भर्चुअल अटिजम ?

Gobal IME Bank

एजेन्सी । बालबालिकाहरु उमेरअनुसारको खेल्ने कुराको व्यवस्था भएको ठाउँमा मात्र रमाउँछन् । ठूला व्यक्ति त दिनभर गफ गरेर पनि बिताउन सक्छन् तर बालबालिकाहरुलाई यो सम्भव छैन । यस्तो अवस्थामा बालबालिकालाई फोन दिएर भुलाएर राख्नु पर्छ । त्यसैले आजकालका बालबालिकाहरुलाई घरबाट बाहिर निस्कनै मुस्किल हुन्छ । बालबालिका नयाँ–नयाँ प्रविधि र इन्टरनेटको प्रयोगबाट घरमै बस्न रुचाउने, कसैसँग बोल्न मन नपराउने, साथी कम बनाउने तथा एकोहोरो स्वभावका हुन थालेका देखिन्छन् ।

घरमै बस्ने विद्युतीय साधन अत्याधिक मात्रामा चलाउने गरेर अहिले बालबालिकामा भर्चुअल अटिजमको समस्या बढ्दो छ । तीन वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई अत्याधिक मात्रामा टिभि, कम्प्युटर, मोबाइलको अगाडि राख्दा यस्तो समस्या हुने गर्दछ । शिक्षा र आधुनिकतासँगै कसरी सजिलो हुन्छ भनेर विकल्पहरू खोज्ने गरिएको पाइन्छ । आर्थिक जोहो गर्न बुबाआमा दुवैको जागिर हुने, छोराछोरी हेर्ने मान्छे नहुने जसले गर्दा मोबाइलमा अनेक रंगीन चित्र, कार्टुन हेरेर बच्चा भुलाउने प्रवृत्तिले गर्दा बालबालिकाको मानसिक अवस्था र सामाजिक जीवनमा नकारात्मक अवस्था सिर्जना भएको छ ।

भर्चुअल संसारमा ज्यादा समय बिताउँदा बच्चाहरुको मानसिक बिकासमा असर पर्ने गर्छ । यसको कारणले बच्चाहरुमा बोल्दा हडबढाउने समस्या उत्पन्न हुन सक्छ । समाजमा घुलमिल हुन समस्या हुने र संज्ञानात्मक क्षमतामा पनि असर पर्न सक्ने जोखिम हुन्छ ।

बालबालिकाहरुका लागि शारीरिक, मानसिक, समाजिक, भावनात्मक र संवेगात्मक विकासका निमित्त हाम्रो स्थानीयस्तरमा बालबालिकाका लागि भनेर विभिन्न खेलकुद कार्यक्रमहरु संचालन गरेर बालकालिकालाई भर्चुअल संसारबाट बाहिर ल्याउन सकिन्छ ।

बालबालिकाहरूका लागि प्रत्येक वडामा कम्तिमा एक निःशुल्क शिशु स्याहार केन्द्र हुनुपर्दछ,ताकि आफ्ना बच्चालाई त्यहाँ छोडेर महिलाहरुले आफ्नो कामकाजमा जान सकून् ।

बिहान–बेलुका खेल्नका निमित्त उमेर अनुसारका छुट्याइएका खेलमैदानहरु हुनुपर्दछ, जसले बालबालिकाको शारीरिक, सामाजिक, मानसिक र संवेगात्मक विकासका लागि ठुलो भूमिका खेल्दछ । एक बाल पुस्तकालय पनि हुनुपर्छ यसले बालबालिकाको बौद्धिक स्तर अभिवृद्धि गर्ने ठुलो भूमिका खेल्दछ । आफ्ना हक अधिकारको उपयोगका निमित्त बालक्लव स्थापना गरी कुरिती, कुसंस्कार र आफ्नो अधिकार प्राप्त गर्न सघाउने खालका कार्यक्रमहरु प्रत्येक हप्ता गरिनुपर्दछ साथै बालमैत्री बजार सञ्चालन गरी बालबालिका रमाउने स्थान सिर्जना गरिनुपर्छ ।

यसरी बालबालिकाको लागि रमाइलो बतावरण सिर्जना गरि उनिहरुमा भर्चुअल अटिजम हुन सक्ने जोखिम कम गर्न सकिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button