शिक्षा स्वास्थ

खरबूजाले सुगर लेभल बढाउँछ कि बढाउँदैन ?

Gobal IME Bank

एजेन्सी । खरबूजाले मधुमेह रोगीको रगतमा चिनीको मात्रा बढाउँछ कि बढाउँदैन ? यो प्रश्न धेरै मधुमेह रोगीहरूको मस्तिष्कमा उठिरहेको हुन्छ।

खरबूजा गर्मी मौसममा प्राय सबै मानिसहरुलाई खान मन पर्छ । खरबुजामा प्राकृतिक चिनी हुन्छ । खरबूजामा पाइने पानीले शरीरलाई हाइड्रेटेड मात्र राख्दैन, स्वास्थ्यमा पनि धेरै लाभ प्रदान गर्छ ।

मधुमेहका रोगीहरुले शरीरमा चिनी र क्यालोरीको मात्राको ख्याल ज्यादा राख्ने गर्छन्। मधुमेहका बिरामीहरुले आहारमा के समावेश गर्ने र के समावेश नगर्ने भन्ने कुरा सबैभन्दा ठूलो चिन्ताको विषय हो। मधुमेहका बिरामीले खरबूजाको सेवन गर्न सक्छन् कि सक्दैनन् ? खरबूजा खाँदा रगतमा चिनीको मात्रामा असर पर्छ कि पर्दैन ?

गर्मीमा खासगरी यस्ता मिठा फलफूल आउने गर्छन् जसलाई सबैजना खान रुचाउँछन्। खरबूजाको सेवनले मधुमेहसँग सम्बन्धित केही जटिलताहरूको जोखिम कम गर्न धेरै मद्दत मिल्छ। खरबूजामा मध्यम मात्रामा लाइकोपीन हुन्छ यो एक शक्तिशाली एन्टिअक्सिडेन्ट हो। लाइकोपीनले हृदय रोगको जोखिम कम गर्न मद्दत गर्छ। मधुमेह शरीरको रगतमा ग्लुकोजको मात्रा बढेपछि लाग्ने रोग हो ।

भर्खरै काटिएको खरबूजाको सानो टुक्रा मधुमेहका बिरामीहरूले खाँदा उनीहरूलाई धेरै फाइदा हुन्छ । यद्यपि खरबूजाको ग्लाइसेमिक इन्डेक्स धेरै उच्च हुन्छ यसकारण थोरै मात्रामा खरबूजाको सेवन गर्दा यसले मधुमेह रोगीलाई हानी पुग्दैन। यसमा कम क्यालोरी र कार्बोहाइड्रेट पनि पाइन्छ, जसले गर्दा यसले तौल नियन्त्रण गर्न मद्दत गर्छ, जुन मधुमेह रोगीका लागि निकै महत्त्वपूर्ण हुन्छ।

यस बाहेक खरबूजाको दाना, जसलाई मानिसहरु प्रायः फ्याँकिदिन्छन, मधुमेह रोगीहरुका लागि फाइदाजनक हुन्छ। खरबूजाको बीउ ओमेगा ३ फ्याटी एसिड, ओमेगा ६, प्रोटिन, पोटासियम, जिंक र धेरै भिटामिन जस्ता पोषक तत्वहरूको पावर हाउस हो।

खासगरी टाइप २ मधुमेह भएका मानिसहरूका लागि खरबूजाको जुस पिउनु सामान्यतया सुरक्षित मानिन्छ, तर यसलाई सीमित मात्रामा सेवन गर्नुपर्ने हुन्छ। यस बाहेक खरबूजा खाने वा नखाने यो पनि तपाईको ब्लड सुगर लेभलमा भर पर्छ, त्यसैले डाक्टरको सल्लाह अनुसार मात्रै खरबूजाको सेवन गर्नु लाभदायक हुन्छ ।

खरबूजा खानुका फाइदाहरु

१) गर्मी मौसमको फल खरबुजा भिटामिन सी, ए, बि ६, पोटासियम, फलाम, म्याग्नेसियम, क्याल्सियम र फाइबरसहित खनिज र भिटामिनहरूको अविश्वसनीय स्रोत हो।

२) खरबूजामा प्रशस्त मात्रामा फाइबर पाइन्छ, त्यसैले यसको सेवनले पाचनलाई स्वस्थ राख्न मद्दत गर्छ।

३ं) भिटामिन ए ले स्वस्थ दृष्टिलाई बढावा दिन्छ र तपाईंको मुटु, मृगौला र फोक्सोको मर्मत गर्न मद्दत गर्दछ। भिटामिन सी स्वास्थ्यको लागि पनि लाभदायक हुन्छ र हृदयको स्वास्थ्य सुधार गर्न, सामान्य चिसोका लक्षणहरूलाई पराजित गर्न र क्यान्सरहरू रोक्न मद्दत गर्ने विभिन्न रिसर्चमा देखाइएको छ।

४) खरबूजालाई मध्यम मात्रामा अंश मिलाएर खाँदा यसले लामो समयसम्म पेट भरि राख्नुका लागि मद्दत गर्छ ।

५) खरबूजा छाला र कपालको स्वास्थ्यको लागि पनि धेरै लाभदायक हुन्छ।

६) यस फलले अल्जाइमर रोग जस्ता न्यूरोडिजेनेरेटिभ विकारहरूको जोखिमलाई पनि कम गर्न सक्छ।

७) हाइड्रेटेड राख्नुका साथै खरबूजाको सेवनले तौल व्यवस्थापन गर्न पनि धेरै मद्दत मिल्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button