मुख्य समाचारसमाचार

मौसममा आंशिक सुधार हुँदै

Gobal IME Bank

काठमाडौँ । देशको सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा झरी रोकिएपछि मौसमा सुधार भएको छ । पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेसँगै काठमाडौं सहित आसपासका क्षेत्रमा बिहानदेखि घाम लागेको हो । काठमाडाँैमा घाम लागे साँझ भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबारदेखि पूर्वबाट मौसममा केही सुधार देखिएको तर पश्चिममा पानी पर्ने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षाको सम्भावना रहेको छ । उहाँका अनुसार काठमाडौँमा अब पहिलेको जस्तो खासै पानी पर्ने छैन ।

हाल नेपालमा बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव परेकाले वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button