Grace Computer Jawalakhel
अन्यसफल कथासमाचार

विश्वमा सबै भन्दा धेरै बिक्ने टुथपेस्ट Colgate को सफलता कथा – GoodNews24

कोल्गेट दुनियाँमै सबै भन्दा धेरै प्रयोगकर्ताको मन जितेको र सबै भन्दा बढी प्रयोग गरिने टुथपेस्ट हो । यो लगभग हरेक १०० घर मध्य ६६ घरमा कोल्गेट प्रयोग हुन्छ । तर के तपाइलाइ थाहा छ यति चर्चित ब्रान्डको सुरुवात कसरी भयो ?  विश्वमा सबै भन्दा बढि बिक्ने टुथपेस्ट हो कोल्गेट । जसको सफलताको अन्दाज  धेरै जसो घरमा टुथपेस्टलाइ टुथपेस्ट होइन कोल्गेट भनेर भनिन्छ । कुनै ब्रान्डको लागि यो भन्दा ठुलो सफलता अरु के हुन सक्छ ? कोल्गेट कम्पनीको सुरुवात आज भन्दा २१० बर्ष अगाडी सुरु भएको थियो र यस कम्पनीको सुरुवातकर्ता विलियम कोल्गेट थिए । जसले आफ्नो जिन्दगीमा धेरै संघर्ष गरेका थिए । सुरुवातमा यस कम्पनिले टुथपेस्ट होइन साबुन बनाउने गर्दथ्यो । जव यस कम्पनीले टुथपेस्ट बनाउन सुरु गर्यो । त्यो समयमा टुथपेस्ट जारमा आउने गर्थ्यो ।

कोल्गेट फ़ाउण्डरको जन्म १७८२ जनवरी २५ मा इङ्ग्ल्याण्डको हलिङ्गबर्नमा भएको थियो । उनको पिताको नाम रोबर्ट कोल्गेट थियो । जो खेतमा काम गरेर आफु र आफ्नो परिवारको पालन पोषण गर्थे । केहि समय पछि उनका पिता इङ्गल्याण्डबाट अमेरिकामा पुरै परिवारको साथ बसाइ सरेका थिए । जहाँ उनले एक अमेरिकी नागरिकसंग मिलेर साबुन र मैन बत्ति बनाउने काम गरे र यस काममा विलियम कोल्गेट पनि सहयोग गर्ने गर्दथे । दुर्भाग्यबस यो बिजनेस सफल हुन सकेन । दुइ वर्ष पछि नै यो काम बन्द गर्नु पर्यो । यसकारण विलियमको परिवारमा आर्थिक संकट हुन थाल्यो र विलियमले १६ वर्षकै उमेरमा घर छोडेर काम गर्ने निर्णय गरे । केहि समय सानो सानो काम गरे पछि सन् १८०४ मा न्यु वर्क सिटि आएर साबुनको फ्याक्ट्रीमा काम गर्न सुरु गरे । त्यहाँ काम गर्ने क्रममा उनले व्यापार सम्बधि ज्ञान हासील गरे र उनले म पनि यहि बिजनेस गर्छु भनेर सोचेका थिए ।

दुइ वर्ष काम गरे पछि उनले त्यो कम्पनि छोडिदिए र १८०६ मा साबुन बनाउने आफ्नै सानो बिजनेस सुरु गरे । उनले त्यस कम्पनीको नाम विलियम कोल्गेट एण्ड कम्पनी राखेका थिए । उनको यो बिजनेसले राम्रो सफलता हात पार्यो । त्यहि समय उनलाई मुटुमा समस्या देखिन थाल्यो । स्वास्थ्यमा खराबी आएका कारण उनले केहि वर्ष बिजनेसमा ध्यान दिन सकेनन र उनको कम्पनि घाटामा चल्न थाल्यो । स्वास्थ्यमा सुधार आएपछि उनि फेरी बिजनेस तर्फ फर्किए अनि कम्पनीलाई फेरी नयाँ उचाइमा पुर्याए । विलियम कोल्गेट धार्मिक व्यक्ति थिए इश्वारमा आस्था राख्थे । उनि आफु सफल हुनुमा इश्वर प्रति आभार व्यक्त गर्दथे । त्यसैले उनले आफ्नो एकाउन्टेन्टलाइ इश्वरको नाममा एउट बैंक खाता खोल्न लगाए । जसमा उनि कम्पनीको फाइदा राख्दथे साथै त्यो पैसा राम्रो कामको लागि दान गर्ने गर्थे । उनको व्यापार बढे संगै उनले कम्पनीको फाइदाको ५०% दानमा दिन सुरु गरे । सफल बिजनेस म्यान बनेपछि १८५७ मार्च २५ मा उनको मृत्यु भयो ।

विलियमको मृत्यु पछि उनका तीन छोरा रोबर्ट जेम्स र स्यामुअलले कम्पनी सम्हाले । विलियमका तीन छोराले ओरल हाइजेनिकको लागि पहिलो टुथपेस्ट १८७३ मा लन्च गरे जो अहिलेको जस्तो ट्युबमा होइन जारमा आउने गर्दथ्यो । समय संगै यसको प्याकेजिङ्गमा पनि परिवर्तन आयो । १८९६ देखि यो टुथपेस्ट ट्युबमा आउन थाल्यो । सुरुमा साबुन मात्र बनाउने कम्पनीले पछि टुथपेस्ट,परफ्युम र शेभिंग क्रिम पनि बनाउन थाल्यो । १९२८ पछि यस कम्पनीले पाल्मोलिभ कम्पनिसंग मिलेर प्रोडक्ट बनाउन सुरु गर्यो । आजको समयमा यस कम्पनीमा हजारौ व्यक्तिहरुले काम गर्छन र यो दुनियाँको ५९ औं नम्बरमा पर्ने महँगो ब्राण्ड हो ।

यो पनि पढ्नुहोस् ….

युवा पुस्ताले के कस्ता कुराहरुमा ध्यान केन्द्रित गर्ने ? पढ्नुहोस्

बिहानीको सुरुवात कसरी गर्ने ? पढ्नुहोस् …

युवा अवस्थामा सकारात्मक र उत्साहित रहने ७ उपायहरू पढ्नुहोस्

बुवा र छोराको सम्बन्ध निर्माणमा ध्यान दिनु पर्ने कुराहरु

दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस्

 

कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस्

युटुब हेर्दै मुगुका एक युवकले कपाल काट्न सिके, मासिक ३० हजार आम्दानी

 

गुड न्यूज 24 
www.goodnews24.com
Good News Media 

 

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button