अन्यगुड न्यूज 24समाचार

विन्टर कार केयर टिप्स ! जाडोमा कारलाई कसरी सुरक्षित राख्ने ?

Gobal IME Bank

काठमाडौं । जाडोको मौसम सुरु भएसँगै हामी हाम्रो दैनिकीमा मौसम अनुसार धैरै कार्यहरु गर्ने तरिका परिवर्तन गर्छौ । जाडो मौसममा हाम्रो शरीरलाई चिसोबाट बच्नको लागि हामी विभिन्न तरिका अपनाउछौँ त्यसरी नै हाम्रो कारको पनि जाडो मौसमको बेला एक्स्ट्रा ख्याल राख्न जरुरी हुन्छ । कारको केयर नगरी चलाउदा हाम्रो ज्यानको लागि खतरा हुन सक्छ । जाडोमा कारको के के कुरामा ध्यान दिने र कसरी केयर गर्ने १० टिप्स पढ्नुहोस्

१. हेड लाइट र फग लाइट
जाडो मौसमको समयमा कारको सबै भन्दा महत्वपुर्ण पार्ट हो लाइट । किनभने जाडो मौसमको बेला चाँडो सुर्यास्त हुन्छ र अध्याँरो हुन्छ र अध्याँरोमा कार चलाउनको लागि लाइटको आवश्यकता पर्छ । जाडोको बेला कुहिरो पनि लाग्ने हुनाले लाइट राम्रो अवस्थामा हुनु अति आवश्यक हुन्छ । कारको हेड लाइट , टेल लाइट, इण्डीकेटर र फग लाइट मध्ये एउटा लाइटले पनि राम्रो सँग काम गरेन भने तुरुन्त लाइट परिवर्तन गर्ने वा चेक गर्नुपर्दछ । यदि लाइट मधुरो बल्छ वा पहेलो बल्न थालेको छ भने पनि लाइट परिवर्तन गर्नुपर्दछ। धेरै जसो कारमा फग ल्याम्प पहिले नै जडान गरिएको हुन्छ यदि कार पुरानो हो भने फग ल्याम्प आफै जडान गर्न सकिन्छ । कुहिरोको कारण जाडोमा धेरै दुर्घटना हुने कारण लाइट राम्रो जडान गरेर कार चलाउदा सुरक्षित हुन्छ ।

२) ब्याट्री हेल्थ
गर्मी मौसम कारको ब्याट्रीको सबै भन्दा ठुलो दुश्मन हो । जाडोमा तापक्रमको कारण कारमा कुनै समस्या नआए पनि ब्याट्रीमा अरु तरिकाबाट पनि असर गर्छ । यदि कारको ब्याट्रीमा चार्ज कम छ वा सक्किने बेला भएको छ भने जाडो बेला ब्याट्रीमा चार्ज सकिन सक्छ । ब्याट्री भित्र डिस्टिल्ड वाटर हुन्छ जसले ब्याट्री भित्र हुने केमिकल रियाक्सनमा धेरै महत्वपुर्ण भुमिका निभाउछ जाडो समयमा यो पानी जम्ने सम्भावना यदि डिस्टिल्ड वाटर रियाक्सनको समयमा जम्यो भने हाम्रो लागि समस्या आउन सक्छ । कारको स्टार्टअपमा समस्या आए, कारको लाइट मधुरो र टिमटिम गरि बले, अडियो सिस्टमले काम गरेन भने ब्याट्रीमा चार्ज कम भएको हुन सक्छ त्यसैले राम्रो मेकानिकलाई देखाउनको लागि लग्नुपर्छ।

३) इन्जिन वार्म
कार केयरको टिप्समा यो सबै भन्दा सजिलो र महत्वपुर्ण टिप्स हो । जाडोको समयमा इन्जिन ओइल चिसो हुन्छ त्यसैले कार चलाउनु भन्दा अगाडि पाँच मिनेट कारलाई न्युट्रल स्टार्ट गरेर छोडिदिने यसो गर्दा कारलाई धेरै रेस र पिकअप नदिने यसरी कारलाई स्टार्ट गर्दा इन्जिन तातिन्छ र त्यसको संचार इन्जिनको सबै पार्टमा हुन्छ ।

४) इन्जिन ओइल र कुलेन्ट
इन्जिनमा तेल कम छ वा धेरै पुरानो भएको छ भने इन्जिन तताएर हुँदैन त्यसैले इन्जिन ओइल चेक गर्ने गर्नुपर्दछ । कारमा ग्रिन एक्सप्यान्सन ट्याङ्क हुन्छ यसको प्रयोग गर्मीमा इन्जिन ओइललाई चिसो बनाउनको लागि प्रयोग गरिन्छ तर यसले गर्मीुमा मात्र होइन जाडोको समयमा इन्जिन ओइल जम्नबाट बचाउँछ । जाडोको समयमा कुलेन्टमा भएको लिक्विडले कारको इन्जिनलाई फ्रिज र जाम हुन दिँदैन । यसलाई एक किसिमको एन्टि फ्रिज पनि भन्न सकिन्छ ।

५) हिटर
जाडोमा हिटर बिना बस्न असम्भव जस्तै नै हुन्छ, त्यसैले आफ्नो कारको हिटर प्रपर कन्डिसनमा छ वा छैन चेक गर्नुपर्दछ । हिटरले कारको सिसामा फग जम्न दिँदैन त्यसैले आफ्नो कारको हिटरमा प्रब्लम छ भने बनाईहाल्नुपर्छ ।

६) वाइपर
जाडो र मनसुनको समयमा वाइपर नभई कार चलाउन असम्भव हुन्छ त्यसैले वाइपर ब्लेड पुरानो भएको छ वा वाइपर ब्लेडमा चिरा जस्तो भएको छ भने नयाँ वाइपर कारमा लगाउनुपर्दछ ।

७) टायर कन्डिसन र टायर प्रेसर
टायरले कार र रोडको बिचमा कन्ट्याक्ट बनाउछ र जाडो समयमा बाटो चिप्लो हुने हुँदा टायर बाटोमा चिप्लिने सम्भावना धेरै हुन्छ जसको कारण दुर्घटना हने सम्भावना बढि हुन्छ । आफ्नो कारको टायरमा ग्रिप कम छ भने वा टायर पुरानो भएको छ भने आफैलाई पनि थाहा हुन्छ या मेकानिकलाई टायर चेक गर्न लगाउनुपर्छ । टायरको ग्रिप राम्रो छ भने ब्रेक लगाउन सजिलो हुन्छ । घरबाट बाहिर निस्किने बेला टायर प्रेसर पनि चेक गने बानी गर्नुपर्दछ।

८) ब्रेक
ब्रेक पुरानो भएको छ भने टायरमा ग्रिप राम्रो हुँदैमा ब्रेक लाग्दैन हामी आफैलाई पनि पनि थाहा हुन्छ । हाम्रो कारको ब्रेकमा बति ब्रेक छ भनेर आफैले पनि अन्दाज गर्न सक्छौँ । ब्रेक लगाउँदा आवाज आईरहेको छ भने तुरुन्त ब्रेक परिवर्तन गर्नुपर्दछ । चिप्लो बाटो र कुहिरोको कारण धेरै दुर्घट्ना हुन्छ त्यसैले ब्रेक राम्रो कन्डिसनमा हुन जरुरी छ ।

९) कारको बिमा
प्राकृतिक प्रकोप र दुर्घट्ना कहिले पनि हामीलाई थाहा हुने गरि हुँदैन त्यसैले कारको बिमा गरिराख्ने, यदि हामीसँग कारको राम्रो बिमा छ भने नराम्रो स्थितिमा बिमा काम लाग्न सक्छ ।

१०) सेफ्टी किट
कारको बिमा जस्तै सेफ्टी किट आफ्नो कारमा राख्नु महत्वर्ण हुन्छ । यो कुनै पनि मेडिकल मद्दत चाहिएमा काम लाग्न सक्छ । यो सिर्फ हाम्रो लागि मात्र होइन अरुलाई मद्दत चाहिँदा काम लाग्न सक्छ । यदि रोडमा कसैको दुर्घट्ना भएको छ भने हामीले यहि फस्र्ट एडको लागि सेफ्टि किटको प्रयोग गरि हामी कसैको ज्यान पनि बचाउन सक्छौ । त्यसैले सेफ्टी किट कारमा अनिवार्य राख्ने गर्नुपर्दछ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button