मुख्य समाचारसमाचार

महिला हिंसा भएको देख्नुभयो वा पर्नुभयो ? ११४५ मा तुरुन्त सम्पर्क गर्नुहोस्

Gobal IME Bank

काठमाडौं । समाजमा हुने कुनै पनि किसिमको महिला हिंसा विरुद्ध उजुरी गर्न चाहनुहुन्छ भने राष्ट्रिय महिला आयोगको टोल फ्रि नम्बर ११४५ मा सम्पर्क गर्नुहोस् । यो नम्बरमा कल गरेर महिला हिंसा सम्बन्धीका कुनै पनि घटनाहरुको उजुरी गर्न सक्नुहुन्छ ।

महिला आयोगले पीडितलाई सुरक्षा, नि शुल्क कानुनी सहयोग, स्वास्थ उपचार लगायतका अन्य धेरै सुरक्षाहरु प्रदान गर्ने गर्दछ । यदि तपाईले अन्य कोही महिला हिँसामा पर्नुभएको देख्नुभयो वा आफै पर्नुभएको छ भने तुरुन्त उपलब्ध गराइएको नम्बरमा फोन गरेर उजुरी हाल्नुहोस् ।

पछिल्लो समय सामाजिक सञ्जालमा पोखराकी एक युवतीले न्याय मागिरहेको केस भाइरल भइरहेको छ । पीडितले आफु हिँसामा परेको खबर सामाजिक सञ्जालमार्फत खोलेकी थिइन् । अहिले पीडितले घटना विरुद्ध प्रहरीमा जाहेरी दिएकी छिन् भने प्रहरीले पनि अनुसन्धान सुरु गरेको छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button