शिक्षा स्वास्थ

डेंगुबाट कसरी बच्ने ? यसका लक्षणहरु – GoodNews24

Gobal IME Bank

हाल नेपालमा डेंगुको महामारी फैलिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको डाटा अनुसार यस वर्ष नेपालमा ६१ जिल्लामा डेंगु फैलिएको छ । १,१०० भन्दा बढी डेंगुले संक्रमित भएका छन । नेपालमा डेंगु नयाँ विषय वा रोग होइन तर यो राष्द्रिय चासोको विषय भने हो । हरेक वर्ष डेंगु सम्बन्धित विभिन्न अभियान भईरहेको हुन्छ तर पनि यसको समाधान अझै पनि हुन सकेको छैन । हरेक वर्ष मनसुनको समयमा डेंगु संक्रमण दर बढि रहेको हुन्छ ।
लामखुट्टेले सार्ने भाइरसबाट डेंगु ज्वरो आउछ । यसका लक्षणहरु ज्वरो आउने , टाउको दुख्ने , आखाँको पछाडीको भाग दुख्ने , जोर्नी र मांसपेशीहरु दुख्ने र डाबरहरु आउने हुन । कुनैबेला हल्का ज्वरो आँउछ तर ज्वरो गम्भिर पनि हुन सक्छ । ज्वरो गम्भिर भएमा डेंगु रक्तश्राव हुने जोखिम हुन्छ , यो घातक हुन्छ र यसको उपचार पनि हुन सक्दैन ।
डेंगुको रोकथाम र संक्रमित हुनबाट कसरी बच्ने ?

१. यसका सामान्य लक्षणहरु पहिचान गर्ने
सुरुमा संक्रमण भएको बेला लक्षण नदेखिने हुनाले यसको पहिचान गर्न सकिदैन । सामान्यतयाः यसको लक्षण लामखुट्टेले टोकेर संक्रमण भएको ४ देखि १० दिन भित्रमा देखिन्छ । यसका साधारण लक्षणहरु यसप्रकार छन्ः
– उच्च ज्वरो
– टाउको दुख्ने
– मांसपेशी , हड्डि र जोर्निहरु दुख्ने
– आँखाको पछिल्लो भाग दुख्ने
– डाबर आउने
– वाकवाकी लाग्ने र वान्ता हुने
–  गिजा र नाकबाट रगत आउने

२. डेंगु ज्वरो कसरी सर्छ ?
मुख्य प्रकारको लामखुट्टे जसलाई एडिस लामखुट्टे भनिन्छ यो लामखुट्टेले डेंगु ज्वरो फैलाउने काम गर्छ । डेंगु संक्रमित व्यक्तिलाई टोकेर लामखुट्टे र्संक्रमित हुन्छ त्यसपछि स्वस्थ व्यक्तिलाई टोक्दा डेंगु भाइरस सर्छ ।
– यो भाइरस संक्रमित व्यक्तिको रगतमा संक्रमण भएको दिन देखि सात दिन सम्म सक्रिय हुन्छ । त्यसकारण संक्रमित व्यक्तिको रगतसँग कुनै माध्यमबाट सम्पर्कमा आए अर्को व्यक्तिमा सर्ने जोखिम हुन्छ ।
–  डेंगु ज्वरो संक्रमित गर्भवति महिलाबाट उसको भ्रुणमा फैलिन सक्ने सम्भावना हुन्छ त्यसैले गर्भवति महिलाले डेंगु भाइरस भएको क्षेत्रमा बढि ध्यान राख्नरपर्छ ।

३. जोखिम कारकको विचार गर्नुहोस
यदि तपाई उष्ण प्रदेशिय वा उप उष्ण प्रदेशिय क्षेत्रमा बस्नुहुन्छ भने तपाई उच्च जाखिममा हुनुहुन्छ । पहिले नै डेंगु संक्रमण भई सकेको छ भने त्यो क्षेत्र तपाईको लागि अझ जोखिमपुर्ण र घातक पनि हुन सक्छ । डेंगु ज्वरो दोश्रो पटक संक्रमण हुँदा लक्षण गम्भिर हुने सम्भावना र जोखिम हुन्छ ।

डेंगु संक्रमित लामखुट्टेबाट जोगिने

क) लामखुट्टे धेरै आउने समयमा घर भित्र बस्ने र झुलको प्रयोग गर्ने
डेंगु लामखुट्टेले टोक्ने काम बिहान र साँझको समयमा अध्यारो हुनु भन्दा अगाडि बढि हुन्छ । यद्यपि लामखुट्टेले घर भित्र , अध्यारो र आसिलो ठाँउ , बादल लागेको ठाँउ र झाडी धेरै भएको ठाँउमा पनि टोक्ने गर्छ । त्यसैले लामखुट्टेले टोक्ने समयमा घर भित्रै सुत्ने , घरभित्र लामखुट्टे छिर्न नसक्ने गरि झ्याल र ढोका बन्द गरेर राख्ने र लामखुट्टे मार्ने धुपको प्रयोग गर्ने ।

ख)  घरबाहिर जादा किट प्रतिरोधिको प्रयोग गर्ने
आफ्नो सरक्षा गर्नु अतिआवश्यक कुरा हो त्यसैले घरबाट बाहिर जाँदा वा संक्रमित ठाउँमा समय बिताउदा किरा प्रतिरोधि क्रिमको प्रयोग गर्ने । यस्ता क्रिम बजारमा , मेडिकलमा सजिलै प्राप्त हुन्छ ।  शिशुहरुलाई बाहिर लग्दा नेटको प्रयोग गर्ने ।

ग) छालालाई छोप्ने
लामखुट्टेले टोक्ने मौका घटाउनका लागि छाला छोपिने गरि लुगा लगाउने । लामखुट्टे धेरै आउने ठाँउमा जाँदा लुज , लामो बाहुला भएको लुगा लगाउने र लामो प्यान्ट लगाउने । लुगामा लामखुट्टे आउन नदिने स्प्रे लगाउने ।

घ) जमाएर पानि नराख्ने
लामखुट्टेले जमेको पानिमा अण्डा पार्ने हुनाले घर वरिपरि फोहोर पानि जमाएर नराख्ने । घर वरिपरि हुने खाल्डाखुल्डि पुर्ने ,नचाहिने , टायरहरु ,क्यान, गमला र बोत्तलमा जम्न नदिने । घर वरिपरि पानि जम्न नदिइ डेंगुबाट बच्न सकिन्छ ।

३.डेंगु ज्वरोलाई कसरि उपचार गर्ने ?
– डेंगु लागेको थाहा पाउने वित्तिकै डाक्टरलाई देखाउने
– डेंगु संक्रमित क्षेत्रमा जाँदा आफुलाई संक्रमण भएको महसुस भएमा तरुन्तै डाक्टरलाई देखाउन जाने । लक्षण गम्भिर भएमा रक्तचाप चेक गर्ने , रक्त संक्रमण चेक गर्ने र डाक्टरको सल्लाह अनुसार औषधि गर्ने ।
– डेंगुको उपचार छैन भन्ने कुरा सधैँ याद गरिराख्ने

यद्यपि विभिन्न खोपको खोज भइरहे पनि डेंगुको उपचार अहिले सम्म भेटेको छैन । डेंगु लागेर निको भइसके पनि दोश्रो पटक संक्रमण
भएमा झन घातक हुन्छ । त्यसैले डेंगु संक्रमणबाट बच्ने उपायहरु अपनाउने ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button