शिक्षा स्वास्थसमाचार

आजबाट कुकुर र बिरालोको बन्ध्याकरण गर्दै काठमाडौँ महानगर

Street Animal

Gobal IME Bank

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज मंगलबारदेखि सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप लगाउने कार्यक्रम सुरु गरेको छ ।

पहिलो चरणमा वडा नम्बर ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ गरी ९ वटा वडामा उब्त कार्यक्रम गरिने महानगरले जानकारी दिएको छ ।
महानगरबाट सञ्चालन भएको कार्यक्रम अन्तर्गत २७ भदौमा जारी भएको सार्वजनिक सूचनाबाट आएका संघसंस्थामध्ये ९ वटा संस्थाले कुकुर र बिरालोलाई बन्ध्याकरण गराउन लागेको हो ।

छानिएका संघसंस्था हरेकलाई उनीहरुले छानेको एउटा वडा जिम्मा दिइएको छ । जसमा वडा ४ मा ‘पशुपन्छीप्रति निर्दयता रोकावट समाज, नेपाल’, वडा ७ मा ‘काठमाडौं एनिमल ट्रिटमेन्ट सेन्टर (क्याट सेन्टर)‘, वडा ९ मा ‘बत्तीसपुतली युवा, समाज’, वडा ११ मा ‘अक्सा नेपाल’, वडा १४ मा ‘एनिमल नेपाल’, वडा १५ मा ‘नेपाल जुनोसिस एण्ड फुड हाइजिन रिसर्च सेन्टर’, वडा २५ मा ‘स्नेहाज केयर’ले काम गर्नेछन् ।

कृषि तथा पशुपन्छी विभागका प्रमुख डा। अवधेश झाकाअनुसार, वडा ३१ मा ‘भेट फर योर पेट’ र वडा ३२ मा ‘मण्डला भेट हस्पिटल’ले काम गर्नेछन् ।

‘३ महिनामा ५ हजार ८ सय सामुदायिक कुकुर र बिरालाको बन्ध्याकरण गर्ने र १६ हजारलाई भ्याक्सिन दिने लक्ष्य छ ’ डा। झाले भने, यसअघि बन्ध्याकरण गरिएका कुकुर बिरालोलाई खोप लगाइने झाले जानकारी दिए ।

यसरी सेवा दिने संघसंस्थाले एउटा कुकुर वा बिरालोलाई बन्ध्याकरण गरेर खोप दिए बापत २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । खोप मात्र दिएको खण्डमा २ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button