Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

स्नातकलाई पुनः तीन वर्षे बनाउने त्रिविको तयारी

Tribhuvan University

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले केही वर्षअघि चार वर्षे बनाएको स्नातक तहलाई पुन तीन वर्षमा झार्ने तयारी गरेको छ।

हाल चारवर्षे रहेको स्नातक तहको पढाइको प्रभावकारिता र उपयोगिताका बारेमा व्यापक छलफल गरेपछि त्रिविले यस्तो तयारी गरेको हो।

त्रिविका अनुसार तीन वर्षेलाई चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि यसलाई पुन तीनवर्षे बनाउने तयारी भएको हो। त्रिविले २०७१\ ७२ सालदेखि व्यवस्थापन संकायबाट स्नातक तहलाई चारवर्षे बनाउन सुरु गरेको थियो।

मानविकी तथा सामाजिकशास्त्र संकायमा चारवर्षे प्रावधान लागु भएको एक चक्र पनि पूरा भएको छैन चारवर्षे पढाइका लागि प्रथम ब्याचमा भर्ना भएका यस संकायका विद्यार्थीले अहिले तेस्रो वर्षको परीक्षा दिइरहेका छन्।

विश्वविद्यालयको गत असार १४ गते बसेको प्राज्ञिक समितिको बैठकमा स्नातकलाई तीन वर्षमै झार्नुपर्ने सुझाव विभिन्न संकायका डिनले दिएका थिए। परीक्षा नियन्त्रण कार्यालयले समेत स्नातकलाई चारवर्षेबाट झारेर तीनवर्षे बनाउनुपर्ने राय व्यक्त गरेको हो।

पछिल्लो समय त्रिविमा विद्यार्थीलाई एउटै तह उत्तीर्ण गर्न चार वर्ष समय खर्च गर्नुपर्ने बाध्यता छ। त्यसमाथि परीक्षा सञ्चालन तथा नतिजा सार्वजनिकको काम नियमित नहुँदा स्नातक तह उत्तीर्ण हुन न्यूनतम पाँच वर्ष कुर्नुपर्ने बाध्यता छ।

अहिले विद्यार्थी बिदेसिने तथा स्वदेशमै भर्ना भए पनि बिचैमा पढाइ छाडेर रोजगारी तथा अन्य व्यवसायमा लाग्ने प्रवृत्ति बढेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार स्नातक तह अन्तर्गत मानविकी तथा सामाजिकशास्त्र सङ्कायमा २०७८ सालमा पहिलो वर्षको परीक्षा दिन १३ हजार जनाले फारम भरेकामा तेस्रो वर्षको परीक्षा (२०८० साल) मा आइपुग्दा नौ हजार जना विद्यार्थी मात्रै बाँकी रहेका छन्।

त्यस्तै, २०७८ सालमा पहिलो वर्षको परीक्षाका लागि बिबिएसमा एक लाख १० हजार परीक्षार्थी रहेकामा अहिले तेस्रो वर्षको परीक्षाको समयमा ६० हजारले मात्रै परीक्षा फारम भरेका छन्। परीक्षा नियन्त्रक पुष्पराज जोशीकाअनुसार २०७८ सालमा पहिलो वर्षको परीक्षामा ६५ हजार विद्यार्थी रहेको बिएडमा अहिले तेस्रो वर्षको परीक्षासम्म आइपुग्दा ३२ हजार मात्रै छन्।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button