मुख्य समाचारशिक्षा स्वास्थसमाचार

चन्द्रागिरि नगरपालिकाद्वारा सुगर र प्रेसरको राेगीलाई अनुदान

६० बर्ष माथिका स्थायी बसोबास गर्ने सुगर र प्रेसरको औषधि प्रयोगकर्तालाई औषधि खरिद गर्न नगद

Gobal IME Bank

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले अब ६० वर्ष माथिका स्थायी बसोबास गर्ने सुगर र प्रेसरको औषधि प्रयोगकर्तालाई औषधि खरिद गर्न नगद अनुदान दिने भएको छ । नगरप्रमुख घनश्याम गिरीको निजी सचिवालयले यसबारेमा एक सुचना निकालेर जानकारी दिएको हो ।

नगरपालिकाले त्रैमासिक रुपमा सम्बन्धित व्यक्तिको बैंक खातामै उक्त अनुदान रकम पुग्ने व्यवस्था मिलाइएको पनि बताएको छ । नगरपालिकाबाट बिरामीले प्रति रोगको मासिक रु ४०० र दुवै रोगको औसधि प्रयोगकर्ताले मासिक रु ८०० प्राप्त गर्ने बताइएको छ ।

पहिलो चरणमा वडाका स्वास्थ्य चौकी मार्फत औषधि वितरण गरिएकोमा विभिन्न प्रकार र कम्पनीको औषधि प्रयोग हुने भएकोले नगद अनुदान दिने कार्य शुरु भएको हो। नगर प्रमुख गिरीका अनुसार यसबाट लगभग ७ हजार नगरबासीले लाभ लिने आंकलन गरिएको छ ।

नगर प्रमुख गिरीले कसैको परिवार वा छर छिमेकमा कोहि यस सुबिधा बाट बन्चित भएका र ६० वर्ष उमेर लाग्दै गरेका व्यक्तिहरुको विवरण पनि सम्बन्धित वडा वा नगरपालिकाले सुरु गरेको घर दैलो नर्सिग सेवामा घर दैलोमा आउने नर्सहरुलाई विवरण टिपाउन समे
त अनुरोध गरेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button