समाचारसूचना प्रविधि

आजदेखि ट्विटरको लोगो परिवर्तन

Twitter Logo changed

Gobal IME Bank

ट्विटर, स्पेस–एक्स, टेस्लाका मालिक एलन मस्कले ट्विटरको लोगो परिवर्तन गर्ने जानाकारी दिएका छन् । आजबाट ट्विटरको लोगो परिवर्तन हुने बताइएको छ । पहिले चराअंकित ट्विटरको लोगोमा अब अंग्रेजी वर्णमालाको ‘एक्स’ हुने जानकारी दिइएको छ । यससँगै मस्कले ट्विटरमा ‘चेन्ज डिफल्ट प्लाटफर्म कलर टु ब्ल्याक’ पोल क्रिएट गरेका छन् । अधिकांश प्रयोगकर्ताले भोट गर्दै कालो र सेतोमध्ये कालो प्लाटफर्म चुनेका छन् ।

मस्कले ट्विटरमा एउटा भिडियो सेयर गरेका छन्, जसमा ट्विटरको हालको चरा लोगो एक्समा रूपान्तरण भएको देखिन्छ । ‘एक्स’सँग मस्कको सम्बन्ध सन् १९९९ देखि छ । उनले आफ्नो एक अनलाइन बैंकिङ कम्पनीको नाम नै एक्सडटकम राखेका थिए । पछि उक्त कम्पनी अन्य कम्पनीसँग मर्ज भई पेपल बन्यो । सन् २०१७ मा मस्कले पेपलबाट युआरएल ‘एक्स डटकम’ पुनः खरिद गरे । उनका अनुसार यो डोमेनको भावुक मूल्य छ ।

निलो चरा हटाएर कुकुरको लोगो

चार महिनाअघि मस्कले ट्विटरको निलो चरा हटाएर कुकुरलाई ट्विटरको लोगो बनाएका थिए । तर पछि उनले पुन निलो चरालाई नै ट्विटरको लोगो बनाए ।

सिइओ बनेपछि मस्कका तीन फैसला

गत वर्ष २७ अक्टोबरमा ४४ अर्ब डलरमा मस्कले ट्विटर खरिद गरेका थिए । कम्पनी आफ्नो स्वामित्वमा आएपछि उनले केही ठूला फैसला गरे । ती फैसलामध्ये ट्विटरका पूर्वउच्च कर्मचारी निकाले । पछि थप कर्मचारी पनि निकाले । कुनै वेला साढे सात हजार कर्मचारी रहेको कम्पनीमा अहिले २५ सय हाराहारी कर्मचारी छन् ।

ब्लक अकाउन्ट अनब्लक
नोभेम्बर २०२२ मा मस्कले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसहित कैयौँका ब्लक ट्विटर अकाउन्ट अनब्लक गरे ।

ब्लु सब्सक्रिप्सन सर्भिस
मस्कले ट्विटरलाई व्यावसायिक सोचले अगाडि बढाइरहेका छन् । कुनै समय निःशुल्क पाइने ब्लु टिक अहिले सशुल्क भएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button