मनोरञ्जनसमाचार

बाँदरबाट बाली जोगाउन कुकुरलाई बाघ

Gobal IME Bank

dog-tigerयदि तपाइको अन्न वाली बाँदरले सखाप पारिरहेको छ कुनै पनि उपाय अपनाउदा पनि बाँदर नियन्त्रित भएका छैनन् र तपाइँ संग बाघ छैन । बाँदरलाई धपाउन अब तपाइँ के गर्नुहुन्छ ?  निश्चय नै तपाइको मनमा पनि आइडिया आउन सक्छ कि कुकुरलाई नै बाघ जस्तै पेन्ट गरेर बाघको स्वरुप दिने । यस्तै एउटा रोचक घटना इन्डियामा सार्वजनिक भएको छ । बाँदरको बदमासीबाट आजित भएका भारतको कर्नाटकका एकजना किसानले चाहीँ बाँदर धपाउने अनौठो उपाय अपनाएका छन् । तीर्थ हल्ली तलुक नलुरु गाउँका श्रीकान्त गौडाले बाघ जस्तै देखिने पुतली राखेर बालि नस्ट गर्ने जीव जन्तुलाई तर्साएको देखेका थिए । गौडाले आफ्नो फार्ममा त्यस्तै पुतली राख्ने निर्णय गरे, र उनी एकदम खुशी भए जव बाँदरहरू वास्तवमै डराए र उनको खेतमा आउन छोडे । तर सधै उनको त्यो आइडियाले काम गर्ने वाला थिएन एक न एक दिन त बाँदरहरुले चाल पाउने छन कि त्यो डराउनको लागि प्रयोग गरिएको खेलौना मात्र हो । त्यसैले उनले आफ्नो कुकुरलाई बाघ जस्तै देखिने गरि रंगाईदिने निर्णय गरे र त्यसरी नै रंगाईदिए अहिले त्यो कुकुर साच्चै नै पाटेबाघ जस्तो देखिन्छ ।

खुसीको कुरा त यो छ कि उक्त किसानको यो ‘कुकुरलाइ बाघ बनाउने ’ आइडियाले काम पनि गरेको छ । बाघ बनाइएको यो कुकुरबाट बाँदर तर्सिन थालेका छन । कुकुरलाई साँच्चीकै बाघ ठानेर बाँदरहरु खेतको आसपास आउन पनि डराएका छन् । ती किसानले कुकुरलाई बाघ बनाउनका लागि सामान्य रङको प्रयोग नगरी हेयर डाईको प्रयोग गरेको बताएका छन् । हेरौ कुकुरको यो बाघ अवतारले कहिले सम्म काम गर्नेछ , यसले बाँदरका अगाडि भुलेर पनि नभुकोस । यदि भुक्यो भने त बाँदरहरु आफुलाई मुर्ख बनाइएको थाहा पाउनेछन र फेरी ति किसानको बालि नस्ट गर्नेछन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button