मनोरञ्जनसमाचार

नेपाली चलचित्र ‘दोख’ प्रदर्शनमा -Good News 24

Gobal IME Bank

असार २४, काठमाडौं । अनुप बरालले निर्देशन गरेको चलचित्र ‘दोख’ शुक्रबारबाट नेपाली हलहरुमा प्रदर्शन भइरहेको छ । चलचित्र ‘दोख’ मा द्वन्दकालको घटनाक्रमलाई समेटिएको छ ।
अनुप बरालले निर्देशन गरेको फिल्म ‘दोख’मा सामुदायिक वनको मुद्दालाई लिएर दुई गाउँ बीचको किचलो देखाइएको छ। सामुदायिक वनको स्वामित्वलाई लिएर गाउँ विभाजित हुन्छ र उनीहरूले त्यसको विरासत हत्याउन खेलको माध्यम अपनाउँछन्।
नेपालमा २०६२/६३ सालका कालखण्डलाई र माओवादी द्वन्द्व कालको परिवेशलाई चलचित्रका दृश्यहरु देखाउन खोजिएको छ। चलचित्रमा सुरज मल्ल,दीया मास्के, रोय दिभ, कमल देवकोटा, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, राज थापा काउछा, साजन थापा , माओत्से गुरुङ, कलाकारहरूको अभिनय छ। फिल्मको कथा राजन कठेतले तयार पारेका हुन । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा रहेका छन्।
फिल्मको एसोसियट निर्माताको रुपमा प्रविन पाठक, सन्तोष पाठक, युवराज भट्टराई,धर्म अधिकारी, सुमिता आचार्य, दिपक खनाल,सुमिता आचार्य रहेका छन्। शैलेन्द्र डि कार्कीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्। अब दर्शककाे सुझाव कस्तो आउछ ? त्यसैको प्रखाईमा छन् ।

-खेल राज कार्की 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button