अन्यसमाचार

क्वारेन्टाइनमा बस्न चाहनेलाई सित्तैमा घर – GoodNews24

Gobal IME Bank

काठमाडाैं ।  विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसले अहिलेसम्म नेपालमा भने प्रवेश गर्न सकेको छैन तर विश्व स्वास्थ संगठनले कोरोनाको संक्रमण हुनसक्ने अति उच्च जोखिम रहेको देशको रुपमा नेपाललाई पनि समावेश गरिसकेको छ त्यसैले भाइरस नेपाल भित्रिनु अघि नै कडा सावधानी अपनाउन सर्व साधारण लगायत सम्बन्धित निकायले पनि सजकता अपनाउने बिषयमा चासो दिन थालेका छन् ।

सोहि क्रममा काठमाडौं भैंसेपाटीका ३५ वर्षीय लालचन्द्र गौतमले क्‍वारेन्टाइन तथा आइसोलेसनका लागि आश्रय लिन चाहनेलाई आफ्नो खालि रहेको घर निशुल्क सहयोग गर्ने जानकारी दिएका छन् । उनले फेसबुकमा घरको फोटो सहित आइसोलेसनमा बस्नुपर्ने तर बास बस्ने ठाउँ नभएकाहरुलाई आफुले सहयोग गर्ने भन्दै पोस्ट गरेका थिए । त्यस्तै युवा व्यवसायी चिराग गोयलले पनि आफ्नो फेसबुक पोस्टमार्फत् काठमाडौं, सिफलस्थित तीन तले घर क्वारेन्टाइन तथा आइसोलेसनका लागि आश्रय लिन चाहनेलाई बस्न दिने उल्लेख गरेका छन् । घरमा नौ कोठा छन् जसमा तीन बाथरूम, दुई कौसी र टेन्ट राखेर पनि बस्न मिल्ने खुला ठाउँ भएको चिरागले बताए।

निजी कम्पनीमा कार्यरत गौतमले नेपाल सरकारले रातारात कोरोना भाइरसको लागि अस्पताल बनाउन नसक्ने र कति पर्यटकहरु नेपालमा आएर बसेका हुनसक्ने , कत्ति अपार्टमेन्ट वा डेरामा मिलेर बसिरहेका परिवारलाई आइसोलेसन वा क्वारेन्टाइनका लागि झन् गाह्रो हुने भएकाले उनीहरुलाई सहयोग पुगोस् रोग धेरै सर्न नपाओस् भनेर सो घर निशुल्क दिन लागेको बताए । साथै यदि कसै संग यस्तै अरु घर खालि छ भने उनीहरुलाई पनि यसरि नै सहयोग गर्न समेत आग्रह गरे । सरकारको मात्र मुख नताकी ,आफूसँग भएको स्रोत उपयोग गर्नुपर्ने र आफु पनि सचेत बन्नु पर्ने भन्दै , सबै मिलि कार्य गर्दा कोरोना भाइरस विरुद्ध लड्न सकिने उनले बताए ।यसअघि कुनै कलेजलाई भाडामा दिने सोच थियो। तर परिस्थिति बुझेर उनले यसलाई कोरोनाको विपदसम्म क्वारेन्टाइनका लागि सित्तैमा बस्न दिने व्यवस्था गरेका हुन्। कोरोना भाइरसको त्रास बढिरहेको बेला एकदिन पारिवारिक छलफलमा यो घर यसरी उपयोग गर्ने सोच आएको कुरा लालचन्द्र गौतमले जानकारी दिए । क्‍वारेन्टाइन तथा आइसोलेसनका लागि दिन लागिएको भनिएको ,कुलेश्वरमा रहेको उक्त घर साढे ४ तल्लाको छ । २ वटा फर्निचरसहितको बेड रुम, २ वटा किचेन, ३ वटा खाली बेडरुम र २ वटा लिभिङ रुम खाली अवस्थामा रहेका छन्।

 

यो पनि पढ्नुहोस् …

[irp posts=”3194″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”2896″] [irp posts=”2573″] [irp posts=”3174″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button