१। घ्यु अन्डा,रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खाँदा दुध खानु हुदैन ।
२। माछा र सक्खर सँगै खान हुदैन यसले पित्त विगार्छ ।
३। परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुने जोखिम हुन्छ।
४। दुधको साथमा बडर,काँचो केरा,आँप,जामुन तित्री,ओखर,दारिम र नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने जोखिम हुन्छ ।
५। भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुने जोखिम हुन्छ ।
६। गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुन सक्छ ।
७। भिण्डीको साथ दही मोहि,घ्यु,दुध खानु हुदैन यसले पेटमाअम्लपित्त बढाउछ ।
८। करेलासँग साग वा भिण्डी पनि एकसाथ पकाएर खान हुदैन । यसरी खाएमा अम्लपित्त बढ्छ ।
९। हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुदैन । यसरी खाएमा क्यान्सर समेत हुन सक्ने जोखिम हुन्छ ।
१०। बाँसको तामा,बडरको फल,मह र दुध सँगै खान हुदैन यसले वीर्य नास गर्छ। -Rabina Mangrati