गुड न्यूज 24मुख्य समाचारसमाचार

‘प्रेरणादायी महिलाहरू’ सार्वजनिक

Gobal IME Bank

काठमाडौँ । प्रेरणादायी महिलाहरू’ नामक पुस्तक सार्वजनिक भएको छ । विभिन्न क्षेत्रमा योगदान पुर्याउने २४ महिलाका जीवनी पुस्तकमा छ ।

मोतिदेवी स्मृति केन्द्रले एक सय १३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उक्त कृति नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकार्पण गर्नुभएको हो ।

उहाँले साधना, सङ्कल्प र तपस्याबाट देशका लागि योगदान दिएका महिलाका बारेमा जीवनी तयार हुनु र विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुहुने व्यक्तित्वलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

उक्त कार्यक्रममा सञ्चार क्षेत्रमा योगदान पुर्याउनुभएकी कृष्णा ताम्राकार, सामाजसेवी सावित्री थापा, शिक्षामा उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने निरकेशरी श्रेष्ठ, नृत्य क्षेत्रमा वेटी बज्राचार्य, पर्वतारोहणमा लाक्पा फुटी शेर्पा र राजनीतिमा सुशीला श्रेष्ठलाई सम्मान गरिएको थियो ।

त्यस्तै राजनीति र सामाजिक परिवर्तनमा निलम केसी तथा राजनीति र सामाजिक गौरा प्रसाईं, चित्रकलामा निलम ताम्राकार र खेलकुदमा सुनमाया बुढालाई अध्यक्ष ओलीले सम्मान गर्नुभयो ।

सम्मानित व्यक्तित्व ताम्राकारले आफूले रेडियो नेपालमा काम गर्दा नेपाली भाषालाई शुद्ध गरी उच्चारण गरेर भाषाको सम्मान गरेको स्मरण गराउनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button