अन्यगुड न्यूज 24प्रेम, विवाह, याैनशिक्षा स्वास्थ

श्रीमानलाई खुसी देख्न चाहनुहुन्छ ? उनको कहिल्यै अपमान नगर्नुहोस् – Good News 24

Gobal IME Bank

विवाह एक अटुट सम्बन्ध हो ।  तपाइँको आफ्नो श्रीमानसंग कस्तो सम्बन्ध छ ? आफ्नो श्रीमानलाइ माया गर्नु हुन्छ ? ब्यक्त गर्ने सहि तरिका थाहा पाइराख्नु भएको छैन ? तपाइँको सानो सानो कारणले वा गल्तीले श्रीमानलाइ दुखि बनाइराख्नु भएको त छैन ? आफ्नो श्रीमानलाई माया नगर्ने श्रीमती को हुन्छ र ? तर माया देखाउने सहि तरिका नपुगेर वा श्रीमानलाइ खुसी गराउने सहि तरिका नजान्नाले परिवार बिग्रन सक्छ ।  पति पत्नीको सम्बन्ध निकै नजिकको सम्बन्ध हो । यो सम्बन्धमा कहिलेकाहीं झगडा हुन सक्छ सामान्य झगडाले श्रीमान श्रीमतीको सम्बन्धलाइ अझै प्रगाढ बनाउछ तर त्यो झगडाले दुबैलाई बेखुशी बनाउन सक्छ । सम्बन्धमा आउने यी समस्यालाई पति पत्नी दुवै मिलेर हल गर्नु पर्छ । यहाँ केहि तरिकाहरू छन्, जुन तपाईंको श्रीमानलाई खुशी बनाउनमा मद्दत गर्न सक्दछन्।

-आफु सधै हसिलो र खुशी हुनुहोस ।
पति पत्नीको सम्बन्ध आत्मिक सम्बन्ध हो । अफिस जादा श्रीमतीको हसिलो वा दुखि अनुहारले श्रीमानको दिनको निश्चित गर्दछ । साथै अफिसबाट घर फर्केर आउदा श्रीमतीको हसिलो अनुहारले दिन भरीको थकानलाइ मेटाउछ । त्यसैले पत्नीको खुशी, दुखले एक श्रीमानलाई प्रभाव पारिरहेको हुन्छ, त्यसैले आनन्दित र सधै खुशी, हसिली श्रीमती बन्नुहोस् । यदि तपाई आफ्नो पतिलाई खुशी पार्न चाहानुहुन्छ भने तपाईको मन आनन्दित हुनुपर्छ। यदि तपाई सँधै निराश, नाराज र दिक्क लाग्दो बन्नु भयो भने तपाइको श्रीमान पनि खुशी हुन सक्नुहुन्न । तसर्थ आफ्नो मन दुःखी बनाउने क्रोध, असन्तुष्टि जस्ता चीजहरूबाट छुटकारा पाउनुहोस् । तपाइको खुशीले तपाइको पतिलाई धेरै हद सम्म खुशी बनाउन सक्छ ।

– श्रीमानलाई माफ गर्नुहोस्।
संगै जीवन यात्रा गर्ने क्रममा जानेर या नजानेर भुल हुनसक्छ । सम्बन्ध त्यहि बलियो हुन्छ जुन एउटा सानो माफीले फेरि पहिलेको जस्तै बन्न सक्छ र पति पत्नीको सम्बन्ध पनि यस्तै हुनु पर्छ । यदि तपाइको पतिले इमानदारीसाथ भूलको लागि क्षमा माग्छ र उसले फेरि उही भूल कहिल्यै दोहोर्याउदैन भने आफुलाई चोट पुर्याएको भए पनि पतिलाई माफ गर्नुहोस्, । पतिले गरेको सानो गल्तीको लागि माफ गर्न सिक्नुहोस् र उसलाई दर्शाउनुहोस कि तपाइँ उहालाई असाध्यै मायाँ गर्नुहुन्छ । उहाको लागि तपाइको हृदय यति ठुलो छ कि उसका हर गल्ति माफी गर्न सक्नुहुन्छ । जब तपाईले आफ्नो पतिलाई माफ गर्नुहुन्छ, तपाई केवल उसलाई खुशी पार्नु हुँदैन साथ साथै आफ्नो मनको चोटलाइ पनि निको पार्नुहुन्छ र आफैलाई खुशी पार्नुहुन्छ। तपाईं आफ्नो मनमा घृणा पाल्नाले आफु अनि अरुलाई पनि दुखि बनाउँछ ।

– श्रीमानलाई नेतृत्व गर्न दिनुहोस् ।
तपाईंको पतिलाई तपाईंको विवाहको सम्पूर्ण जिम्मेवारी लिनबाट नरोक्नुहोस । यसले तपाइको पतिलाई यस्तो महसुस गराउँदछ कि तपाईं उस माथि भरोसा गर्नुहुन्छ । यसले उसलाई जिम्मेवारी लिन, उद्देश्य र निर्देशन गर्न उर्जा प्रदान गर्दछ । यसै पनि प्राय जस्तो पुरुष लिडर हुन मन पराउछन यसको मतलव यो होइन कि पत्नीको कुनै कुराको कदर हुन्न पत्नीले पनि आफ्नो पतिको नेतृत्वमा ठुलो भूमिका निर्वाह गर्न सक्छिन ।

– किच किच गरिरहने पत्नी नबन्नुहोस ।
यदि तपाईंलाई लाग्छ कि किच किच गर्नाले तपाईंको पति एक राम्रो व्यक्ति बन्न र तपाईंको विवाह सफल बनाउन मद्दत गर्दछ, तपाईं यो गलत सोच्दै हुनुहुन्छ। कराई रहने पत्नी हर पतिको डरलाग्दो सपना हो। यदि तपाइँको पतिले केहि गर्न वा परिवर्तन होस् भन्ने चाहानुहुन्छ भने, उसलाई मायालु भावले सम्झाउनुहोस र तर जबरजस्ती नगर्नुहोस् । पतिलाई झर्किएर वा चिच्याएर यस्तो भएन उस्तो भएन भनेर कराइरहनु भन्दा उसलाई खुशी बनेर नम्र भएर अनुरोध गर्दा राम्रो हुन्छ । किच किच गर्ने स्वभावकी पत्नीले पतिलाई निराश मात्र महसुस गराउँदछिन । यसले उसमा खराब बानीहरुको विकास गर्छ र तपाईंको प्रयासहरू व्यर्थ हुन्छ । अझै अफिसबाट घर छिर्ने बितिक्कै तपाईको घुर्की देखाउने बानी छ वा कराउने बानी छ भने त्यो सबै भन्दा खराब हो ।

– सासू- ससुरालाई मायाँ गर्नुहोस् ।
श्रीमानका आमाबाबु र भाइबहिनीहरूसँग झगडा हुनबाट बच्नुहोस् । जे जस्तो भए पनि, उनीहरू जहाँसुकै भए पनि उनीहरू प्रति सद्भाव र सम्मान गर्नुहोस । यदि तपाईको सासु ससुरासंग झगडा हुन्छ भने तपाइको श्रीमान् यी कुराबाट तनावग्रस्त बन्नुहुन्छ । यदि तपाईं आफ्नो पतिलाई प्रेम गर्नुहुन्छ भने, तपाईंले तिनका आमा बुबा र भाइबहिनीहरूलाई पनि स्वीकार्नु पर्दछ। परिस्थिति असहज छ भने श्रीमानसंग छलफल गर्नुहोस तर सासु ससुरा वा अन्य सम्बन्धका व्यक्तिहरुलाइ गलत भन्ने, मुख लाग्ने, घृणा गर्ने नगर्नुहोस । सासु ससुरा तपाइँको आफ्नै आमाबुवा सरह हुन कारण तपाइँको श्रीमान तपाईको आफ्नै हुन ।

– पतिको सम्मान गर्नुहोस ।
सम्मान मानवमा हुनु पर्ने अत्यन्त आवश्यक गुण हो । सम्मान गरेको सबैलाई मन पर्छ र सम्मान पाउन आफुले पनि सम्मान गर्नुपर्छ । एक पत्नीले पनि पतिको बिचार र कार्यलाई सम्मान गरिन भने उनको पति सधै खुशी रहन्छ । माया र सम्मान संगै आउने कुरा हुन माया गर्ने पत्नीले नै पतिको सम्मान गर्छिन र पत्नीको सम्मानले पतिको पत्नी प्रतिको प्रेमलाई कहिल्यै कम हुन पनि दिदैन त्यसैले आफ्नो पतिलाई खुशी देख्न चाहनुहुन्छ भने पतिको अपमान कहिल्यै नगर्नुहोस ।


– वफादार हुनुहोस्।

आफ्नो श्रीमानलाई यो कन्फ़िडेण्ट गराउनुहोस कि तपाइको सबै भन्दा नजिकको व्यक्ति केवल तपाइको पति हो । कुनै पनि धोखाको काम गर्नु अघि सोच्नुहोस् कि यसले तपाइको वैवाहिक सम्बन्ध खत्तम गर्नसक्छ । बैवाहिक जीवनमा जस्तोसुकै चुनौती आए पनि वफादार हुनुहोस् र श्रीमानलाई चोट पर्ने, मन नपर्ने कुराहरु र व्यवहारहरु नगर्नुहोस । कहिलेकाही अन्जानमा भुल हुनसक्छ यसको बारेमा पहिल्यै भन्नुहोस र गल्ति भएमा माफी माग्ने र गल्ति नदोहोर्याउने बाचा गर्नुहोस । सबै भन्दा बढी यौनको बारेमा बफादार हुनुहोस । याद गर्नुहोस यदि आफ्नो श्रीमानसंग नै बफादार बन्न सक्नु हुन्न भने तपाइँ कसैसंग पनि बफादार बन्न सक्नु हुन्न ।

– आफ्नो पतिप्रति दयालु हुनुहोस्।
जब तपाइँको पतिले गल्ती गर्दछ वा तपाइँको अपेक्षा विपरितको काम हुन्छ, रिसले पागल जस्तो व्यवहार नगर्नुहोस बरु उसबाट गल्ति भएको आभास दिलाउनुहोस । गल्ति भए पछि झगडा गर्ने र गालि गर्ने नगर्नुहोस । झगडा र गालि कहिल्यै समस्याको समधान हुदैन यसले केवल पति पत्नीको सम्बन्धमा दुरी मात्र बढाउँछ । तपाइको पति जिम्मेवार र परिपक्क व्यक्ति हो । मायाले नम्र भएर सम्झाउदा पक्कै सम्झिनुहुन्छ यसरी बुझ्नुहोस् ।

– जिम्मेवार पत्नी बन्नुहोस्।
आफ्नो वैवाहिक कर्तव्य पूरा गर्नुहोस् । तपाईको शरीरलाई उहाँमा मात्र समर्पण गर्नुहोस् । उहालाई चाहिएको माया दिनुहोस्। पतिलाई तपाईंबाट मिल्न सक्ने सबै शारीरिक वा आध्यात्मिक चीजहरू दिनुहोस्, जस्तै प्रेम, विश्वास, वफादारी, विश्वास, र आदर सफल वैवाहिक सम्बन्धको यहि एउटा अचुक शुत्र हो । श्रीमान र परिवारकोलागि सधै इश्वारसंग प्रार्थना गर्नुहोस् ।

– उहाँको रूचिमा चासो देखाउनुहोस् ।
हरेक व्यक्तिका आआफ्नै सोख हुन्छन । त्यस्तै श्रीमानको रूचिमा सहभागी हुनुहोस  । उहालाई मनपर्ने कुरा मलाइ पनि मनपर्छ भन्नुहोस । सोख साझा भयो भने दुवैलाई सहज पनि हुन्छ । यसको मतलव यो होइन कि तपाइले आफ्नो सोख त्याग्नु पर्छ या उसको मन नपरेका सोखमा पनि भाग लिनुपर्छ ।

 

– श्रीमानको लागि केहि उपहार ल्याउनुहोस ।
उपहार लिने दिने गर्नाले जुन सुकै सम्बन्धलाई सुमधुर बनाउन सकिन्छ । श्रीमान श्रीमतीको सम्बन्ध पनि उपहार आदान प्रदान गर्नबाट अझ प्रगाढ बनाइ दिन्छ । उपहार दिनाले तपाइको पति प्रतिको मायाँ झल्किन्छ र प्रेम प्रकट गर्ने यो उत्तम तरिका पनि हो । एक अर्कालाइ दिइने उपहारले आत्मियता बढाउछ, उपहार सानो वा सस्तो नै किन नहोस तर त्यसले ठुलो मूल्य र मान्यता राख्छ ।

– श्रीमानको ख्याल राख्नुहोस ।
श्रीमान दुखि हुँदा कारण सोध्ने गर्नु्स्। हरेक अवस्थामा साथ दिने वचन दिने, श्रीमानले खाए नखाएको, सन्चो बिसन्चो सोध्ने, उसका जरुरी या मन पर्ने सामानहरुको हेर बिचार गर्ने ,उसलाई मन पर्ने खाना बनाउने । यी सब कुराहरुले तापाइको श्रीमान प्रतिको गर्ने ख्याल दर्शाउँछन् । हरेक श्रीमानले आफ्नो श्रीमतीबाट यस्तै ख्याल राख्ने बानीको अपेक्षा गर्दछन  ।

– समझदार बन्नुहोस ।
समझदार पत्नी हरेक श्रीमानको चाह हुन्छ । कहिलेकाही श्रीमानले तपाइको हरेक इक्षा पुरा गर्न असमर्थ हुन सक्छन । यस्तो अवस्थामा किन यस्तो भयो त्यसको कारण बुझेर समझदारी देखाउनु उत्तम हुन्छ । मैले भनेको कुरा हुनै पर्छ भन्ने जिद्दी गर्नु हुदैन । श्रीमानका केहि निर्णयहरु गलत छन भने त्यसका कारणसहित असल प्रकारले समझदार श्रीमती जस्तो सम्झाउनुहोस । सबै समयमा श्रीमान नै सहि हुन्छन भन्ने छैन तर श्रीमानको गलत निर्णयले ल्याउने समस्यामा पनि उहाँलाइ मात्र गलत नभन्नुस तर सहि र समझदार श्रीमती जसो श्रीमानलाइ ढाडस दिनुहोस

– श्रीमानलाई मायाँ गर्छु भन्ने भाव व्यक्त गर्नुहोस ।
सम्बन्ध प्रगाढ बनाउन मायाँ व्यक्त गर्नु पनि उत्तिकै जरुरी छ । समय समयमा हजुरलाई धेरै मायाँ गर्छु भन्नाले बेग्लै खुशी दिन्छ । कहिल्यै केहि नभनी सधै एकैनास तरिकाले अघि बढ्दा मायाँ कम भएको महशुस हुन सक्छ त्यसैले कुनै बिशेस दिन पारेर आफुले मायाँ गर्ने कुरा व्यक्त गर्न कहिल्यै नचुक्नुहोस ।

-यौनका कुरामा ध्यान दिनुहोस र बफादार रहनुहोस ।
श्रीमतीले आफ्‍नो शरीरमाथि अधिकार राख्‍दिन, तर उसको श्रीमानले राख्‍छ । यसरी नै श्रीमानले पनि आफ्‍नो शरीरमाथि अधिकार राख्‍दैन, तर उसकी श्रीमतीले राख्‍छे।  श्रीमान श्रीमतीले आफ्‍नो पारस्‍परिक संसर्गदेखि एकअर्कालाई इन्‍कार गर्नुहुन्न । यौन श्रीमान श्रीमतीको सम्बन्धमा महत्वपूर्ण पक्ष हो । यौनका बारे आफ्नो श्रीमानसंग खुलेर कुरा गर्नुहोस । श्रीमानलाई धोका दिएर अन्य सम्बन्धहरु कायम गर्ने गल्ती नगर्नुहोस । एउटा यथार्थता के हो भने तपाइँले आफ्नो श्रीमानबाट पाउन नसक्नु भएको सुख कहिँ गए पनि पाउनु हुन्न । श्रीमानसंग यौनलाइ लिएर समस्या हुन सक्छन, यसलाई खुलेर कुरा गर्नुहोस । यौनमा बफादार नहुने श्रीमती अरु केहिमा पनि बफादार बन्न सक्दिन । किनभने घर बाहिरको सम्बन्धले घर भित्र असर पार्छ र घर भित्र भताभुङ्ग पार्न सक्छ । तपाईको श्रीमान तपाइँको हो । तपाइँले आफ्नो श्रीमानलाइ खुसी गराउन सक्नुभयो भने मात्र तपाइँ पूर्णरुपमा खुसी हुन सक्नुहुन्छ ।

यो पनि पढ्नुहोस् ..

 

यो पनि पढ्नुहोस् ….

दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस्

 

कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस्

 

गुड न्यूज 24 
www.goodnews24.com
Good News Media 

Good News 24 निरन्तर सकारात्मक सन्देश…

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button