मनोरञ्जनमुख्य समाचारसमाचार

‘हर्क साम्पाङ अ रिभोलुसन’ डकुमेन्ट्री बन्दै, मेयर साम्पाङद्वारा शुभसाइत

Gobal IME Bank
file photo

काठमाडौं । ‘हर्क साम्पाङ’ एउटा यस्तो नाम हो, जो कोहीले सायदै नसुनेको होला । धरानका जनतालाई पानीको मुहान फुटाएर पानी खुवाउन सफल हुनुहुन्छ ‘हर्क साम्पाङ’ । धरान उपमहानगरपालिकाका मेयर साम्पाङ माथि डकुमेन्ट्री फिल्म बन्दैछ । आजै मात्र मेयर साम्पाङले ‘हर्क साम्पाङ अ रिभोलुसन’ नाममा निर्माण गरिने डकुमेन्ट्रीको शुभसाइत पनि गर्नुभएको छ ।

अरुणकुमार प्रधानको निर्देशनमा बन्न लागेको यो डकुमेन्ट्रीमा मेयर साम्पाङले सञ्चालन गरिरहनुभएको कोकाहा खानेपानी योजना अभियानलाई चित्रण गरिने बताइएको छ । आज स्थानीय सिन्दूरपुछा डाँडामा आयोजित समारोहमा छायांकन सुरु भएको जानकारी दिइएको थियो ।

उक्त समारोहमा कलाकर्मी र जनश्रमदानमा खटिएका स्थानीयहरुको बाक्लो सहभागीता रहेको थियो । निर्देशक प्रधानका अनुसार डकुमेन्ट्री लाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवलाई लक्षित गरी निर्माण गरिनेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button