गुड न्यूज 24प्रेम, विवाह, याैनशिक्षा स्वास्थ

गर्भावस्थाको लागि केही आवश्यक टिप्सहरु – GoodNews 24

Gobal IME Bank

गर्भ अवस्था महिलाको लागि एक जटिल अवस्था हुनुका साथै आमा बन्ने सौभाग्य प्राप्त हुने भएकाले एक खुशीको अवस्था पनि हो । अरु बेलामा भन्दा गर्भवती भएको अवस्थामा महिलाले विशेष ध्यान दिनु अति आवश्यक छ । गर्भ रहने बित्तिकै महिलाहरु संवेदनशील हुनुपर्छ । गर्भावस्थामा शरीरमा बच्चा बढिरहेको हुन्छ । यो समयमा बच्चाको विकास हुने भएकाले गर्भावस्थाको पहिलो तीन महिना गर्भवती महिलाले विशेष रुपमा आफ्नो हेरचाह गर्नुपर्छ । यो समयमा गर्भपातको सम्भावना अधिक हुने हुनाले गर्भवती महिले धेरै आराम गर्नुपर्छ । यो समय शरीरमा धेरै परिवर्तन हुने हुँदा गर्भवती महिलाहरुको लागि यो अवस्था कठिनपूर्ण हुन्छ ।

यो समयमा गर्भवती महिलाहरुले नियमित व्यायाम गर्नाले गर्भपतन हुने समस्या केहि हदसम्म कम हुन्छ । गर्भावस्थामा महिलाहरुले आफ्नो खानपिनमा पनि विषेश रुपमा ध्यान दिनु पर्छ । साथै गर्भवती महिलाले के खान हुन्छ र के खान हुँदैन भन्ने कुरा र यसबाट बच्चालाई कस्तो असर पर्न जान्छ भन्ने कुराको पनि ख्याल गर्नुपर्छ ।
यहाँ स्वस्थ गर्भावस्थाको लागि केहि महत्वपुर्ण टिप्सहरु उल्लेख गरिएको छ ।

-नियमित गर्भावास्थाको जांच गर्ने
गर्भ रहेदेखि बच्चा नजन्मे सम्म निरन्तर डाक्टरकोमा गएर गर्भ चेक गर्ने र गर्भावस्था बारे जानकारी लिइ रहनु पर्दछ यसो गर्नाले तपाइको गर्भ भित्र बच्चा र आमा दुबैको बारे के भइरहेको छ भन्ने बारे थाहा हुन्छ र सम्भावित समस्याको पहिचान गर्न सकिन्छ । साथै डाक्टरले दिएको सुझाव पालना गर्नु पर्दछ ।

– प्रशस्त खाने पिउने गर्नु पर्छ ।
गर्भ अवस्थामा बच्चा र आमा दुवैको लागि खाना र पौष्टिक तत्व पुर्याउनु पर्ने भएकाले अरु बेलामा भन्दा बढि खाने र भिटामिनयुक्त खाना फलफुल खानु जरुरि हुन्छ । हरेक दिन ताजा फलफूल र तरकारीहरू खानु पर्छ साथै प्रोटिनयुक्त खानाहरु जस्तै माछा, बोसो रहित मासु, अण्डा, गेडागुडी ,झोलिलो पदार्थ दाल सेवन गर्नुपर्छ ।

– त्यस्तै तपाईंले कम्तिमा पहिलो तीन महिना फोलिक एसिड ( भिटामिन बी ) र भिटामिन डी गर्भावस्था भरि र बच्चा जन्मिसके पछिसम्म लिनु पर्दछ

– नियमित रुपमा शारीरिक व्यायाम
नियमित शारीरिक कसरतले गर्भ अवस्थामा निकै फाइदा पुराउछ । गर्भ अवस्थामा सामान्यतया केहि तौल बढ्नु सामान्य हो यो बेला बढि पौष्टिक आहार खाइने भएकाले नियमित कसरतले अत्याधिक तौल बढ्नबाट जोगाउनुका साथै पेट भित्र हुर्की रहेको बच्चाको पूर्ण बिकाश हुन समेत मद्दत गर्दछ ।

– मदिरा तथा धुम्रपान सेवन गर्नु हुदैन ।
मदिरा तथा धुम्रपान गर्नाले बच्चालाई गम्भीर असर पुर्याउछ । गर्भवती महिलाले सेवन गरेको हरेक कुरा रगत मार्फत बच्चा सम्म पुग्ने भएकाले भर्खर बिकशित हुदै गरेको बच्चामा नकारात्मक असर पर्न जान्छ । गर्भावस्थाको सुरुवातमा धेरै मदिरा तथा धुम्रपान सेवन गर्नाले गर्भ खेर जाने समेत सम्भावना रहन्छ साथै बच्चा पूर्ण रुपमा बिकशित नहुने खतरा हुन्छ ।

– आर्थिक विपन्नता वा सेवाको अभावले पटक–पटक अल्ट्रासाउन्ड गराउन नसके पनि गर्भमा रहेको बच्चामा कुनै किसिमको शारीरिक समस्या छ–छैन थाहा पाउन गर्भावस्थाको करिब १६ देखि २२ हप्ताभित्र कम्तीमा एकपटक अल्ट्रासाउन्ड गराउनुपर्छ ।

 

गर्भावस्थाको दौरान स्वस्थ भोजनका लागि प्रमुख बुँदाहरू

विविध प्रकारमा आहार खानुहोस्, रोजेर खाने बानी छोड्नुहोस् ।
साग-सब्जी र फलहरू धेरै खानुहोस् ।
संयमित तरीकाले मासु, माछा र दूध तथा वैकल्पिक उत्पादहरूको सेवन गर्नुहोस् ।
आयोडिन, फोलेट, क्याल्सियम र आइरन समृद्ध आहारहरू खानुहोस् ।
अधिक वोसो भएको भोजन, र गुलियो आहार तथा पेयको सेवन घटाउनुहोस् ।
खाद्य सुरक्षामा ध्यान दिनुहोस ।
प्रतिदिन कम्तीमा 30 मिनटको शारीरिक गतिविधि गर्नुहोस् ।
पर्याप्त भिटामिन डी प्राप्त गर्नको लागि घाममा बस्नुहोस् ।
आयोडिनयुक्त बहु-भिटामिन/ बहु-मिनरेल पूरक आहार लिनुहोस्।
नजिकको अस्पतालमा गएर परामर्श लिनुहोस्।

गर्भावस्थामा केही महिलाहरूमा जोखिमपूर्ण सङ्केतहरू देखिन सक्छन् ।

केही खतराका सङ्केतहरू
१. प्रसूति हुनुभन्दा अगाडि रक्तश्राव भएमा तथा पानी जस्तो तरल पदार्थ लगातार बगेमा
२. धेरै टाउको दुखेमा
३. आँखा तिरमिराएर धमिलो देख्ने रिँगटा लाग्ने भएमा,
४. हातखुट्टा अररो हुने अथवा मुर्छित भएमा,
५. धेरै ज्वरो आएमा
६. धेरै पेट दुखेमा
७. पेटको बच्चा कम चलेमा अथवा नचलेमा
८. हात, खुट्टा र मुख सुन्निएमा,
९. अत्यधिक मात्रामा बान्ता भएमा,
१०. श्वासप्रश्वासमा गाह्रो भएमा

माथि उल्लिखित खतराका लक्ष्णहरु देखिन बित्तिकै तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा गई उपचार गर्न जरुरी छ ।

गुड न्यूज 24 
www.goodnews24.com
GoodNews Media

यो पनि पढ्नुहोस् …

बुवा र छोराको सम्बन्ध निर्माणमा ध्यान दिनु पर्ने कुराहरु

 

 

फि तिर्न नसक्दा कलेज छोड्नुपर्यो – एप्पल कम्पनी मालिकको कथा

 

 

बिग्रिएको सम्बन्ध कसरी सुधार गर्ने ?

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button