Sunday , 25 October 2020

दुई सातापछि जिल्ला अस्पताल सञ्चालन-GoodNews24

मनाङ- मनाङको एक मात्र अस्पताल १५ दिनपछि सञ्चालनमा आएको छ । जिल्ला अस्पतालका प्रमुखलाई नै कोभिड–१९ को सङ्क्रमण भएपछि दुई सातापछि पुनः सञ्चालन भएको हो । अस्पताल निर्मलीकरण पछि मात्रै सञ्चालनमा आएको हो ।

यही भदौ ९ गते स्वास्थ्य प्रमुख नै कोरोना सङ्क्रमित भएपछि मेडिकल अधिकृतले एक सूचना प्रकाशित गरी अस्पताल बन्द गरिएको थियो । सूचनामा स्वास्थ्य प्रमुखको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने र अस्पताल निर्मलीकरण गर्नुपर्ने भन्दै अर्को सूचना प्रकाशित नहँुदासम्म अस्पताल सिल गरिएको थियो । भदौ १९ गते अस्पतालका प्रमुखको कोभिड–१९ को सङ्क्रमण मुक्त भएको रिपोर्ट आएपछि मात्रै अस्पताल सञ्चालनमा आएको छ ।

स्वास्थ्य प्रमुखलगायत ७३ जनाको नमूना स्वाब सङ्कलन गरिएकामा ७२ जनाको रिपोर्ट नेगेटिभ आएपछि अस्पताल निर्मलीकरण गरी सेवा पुनः सञ्चालन गरिएको स्वास्थ्य प्रमुख बद्री आचार्यले बताउनुभयो । उहाँका अनुसार १९ गते शुक्रबार सबै रिपोर्ट आएपछि अस्पतालबाट सेवा दिन थालिएको छ। जिल्लाको एक मात्र अस्पतालमा सर्वसाधारणलाई सेवा प्रवाहमा धेरै असर परेको उहाँले बताउनुभयो ।

अस्तपतालमा ११ जनाको दरबन्दी रहे पनि चार जना मात्र दरबन्दीका कर्मचारी रहेको जिल्ला असपतालले जनाएको छ । एक जना चिकित्सक लगायत सात जना करारमा कार्यरत चिकित्सक छन् । चार जना ल्याव टेक्निसियन र नर्स करारमा कार्यरत छन् ।

यो पनि पढ्नुहोस् ..

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

कक्षा १२ को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था-Goodnews24

काठमाडौँ-राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा …

error:

Powered by Youth Circle