शिक्षा स्वास्थसमाचार

मोबाइलको प्रयोगले बालबालिकाको विकासमा पार्न सक्छ असर

Parenting

काठमाडौँ। बालबालिकाले आफै मोबाइल चलाउदैन अभिभावले अत्याधिक मोबाइल प्रयोग गरेको देखेर उनीहरु पनि सिक्छन र मोबाइल चलाउने लत बस्न जान्छ ।

मोबाइलको लत लागेका बालबालिकामा निद्रा ढिलो लाग्ने तथा निद्रा पातलो लागेर निद्राबाट पटक पटक ब्यूँझने समस्या देखिन सक्छ।

अभिभावले आफुलाई सजिलो र छिटो हुन्छ भनेर बालबालिकालाई मोबाइल देखाएर खानेकुरा खानेकुरा खुवाउने बानि गर्नु हुदौ।

मोबाइल देखाएर बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले के कुरा खाइरहेको छु कस्तो खानेकुरा कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउदैनन्। जसका कारण पोषण सम्बन्धित समस्या पाचन प्रणालीमा समस्या हुन सक्दछ।

खाना खुवाउँदा अभिभावकले बच्चाहरुसँग बोलेर खेलेर डुलाएर, गीत गाएर तथा उनीहरूको हाउभाउमा प्रतिक्रिया दिदै खुवाउने गर्नुपर्छ।

मोबाइलमा लत लागेका बालबालिकामा एकोहोरो हुने लक्षण देखिन क्छ। साथै रिसाउने, रुने दोहोरो कुरा नगर्ने हुन सक्छन्। यसले गर्दा बच्चा ठूलो हुँदै जाँदा खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने गर्न सक्छन्।

सुत्नु भन्दा अगाडि मोबाइल हेरेका बालबालिकामा मोबाइलबाट आउने उज्यालोले निन्द्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ।

मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सम्पुर्ण विकासमा नै असर पुर्‍याउँछ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button