गुड न्यूज 24शिक्षा स्वास्थसमाचार

जग्गा किन्नु अघि विचार गर्नुपर्ने महत्वपूर्ण कुराहरु – गुड न्यूज 24

Gobal IME Bank

land-for-home-in-nepal

जग्गा किन्दा प्राय ठगिने सम्भावना बढि हुन्छ यस्ता धेरै घटनाहरु प्राय सुन्नमा आइरहन्छन । यस्तो घटना तपाई संग पनि नघटोस भन्नको लागि तपाइले केहि कुरामा ध्यान दिनु पर्ने हुन्छा । घर जग्गा किन्दा ज्यादै साधारण कुराहरुमा ध्यान दिनु पर्दछ जुन ज्यादै महत्वपुर्ण छन् । प्रश्नहरु सोध्दै जादा जग्गवाल वा दलाल कतै अक्मकियो वा एउटा कुरा झुठो बोल्यो भने । त्यहाँ गडबड छ भन्ने बुझ्दा हुन्छ । कारोवारीसंग भेट्ना साथ यि प्रश्नहरु सोध्नुहोस ।
जस्तै,
– १  जग्गा कसको नाममा छ ?
– २  उसको परिवारमा श्रीमान, श्रीमति ( संख्या सहित ) , छोरा छोरी – उमेर सहित, कति जना छन् ?  यसमा स्पष्ट हुन जरुरी छ । किनकी जग्गा किन्दा प्रत्येक हकवालाको सहमति चाहिन्छ ।
– ३ खरीद प्रकृया शुरु हुँदा कागज लेख्दा र पास गर्दाको दिन सरोकार वाला सबै जम्मा हुन सक्छन् कि सक्दैनन् । एउटामात्र पनि अनुपस्थित भए लफडा पर्न सक्छ ।
– ४ पुरानो वस्तीमा किन्दा चारकिल्लाका सधियाँरबाट सल्लाह लिनु अति राम्रो हुन्छ ।

यदि माथिका प्रश्नको जवाफ आएमा मात्र जग्गा हेर्ने वा नहेर्ने, मुल्य घटवढ गराउने काम शुरु गर्नु पर्दछ । जग्गामा के हेर्ने ?
क) जग्गाको सक्कली लालपुर्जा र नक्शा ।
ख) लालपुर्जा अनुसारको क्षेत्रफल र नक्शा अनुसारको आकार मिलेको छ छैन हेर्नु पर्दछ ।
ग)  नक्शामा बाटो छ, छैन यदि छ भने कति फिट छ ?
घ) नक्शा अनुसार फिल्डमा बाटो छ कि छैन ?
यो ४ वटा कुरा मिलेपछि पनि कागज गरीहाल्ने होइन, त्यो लालपुर्जा लिएर सिधै मालपोत कार्यालयमा जाने र कम्प्युटर शाखामा गएर यो लालपुर्जा अनुसारको जग्गा यहि मालिकको नाममा छ छैन ? सोध्ने त्यहाँवाट , सवैकुरा मिले पछि मात्र , जग्गा किन्ने प्रकृया शुरु गर्नुपर्दछ ।

लालपुर्जा लगेर सम्बन्धित मालपोतमा देखाई सकेपछि यदि जग्गा कसैको नाममा वा कुनै बैंक सहकारीबाट रोक्का राखिएको छ छैन  थाहा लाग्दछ । बैँक वा सहकारीको रोक्का छ भनेर पहिला भनिएको छ भने त्यो ठूलो समस्याको विषय रहेन यदि पहिला भनिएको छैन भने त्यसले फेरी शंका निकाल्दछ । रोक्का भएको किन्नै नहुने भन्ने हुँदैन तर जग्गाको मुल्य भन्दा त्यहाँ फुकुवा गर्न लाग्ने मुल्य बढी भएमा त्यसले पनि समस्या ल्याउँदछ । कति ऋण वा कुन शर्तमा रोक्का रहेको हो त्यो बुझ्नु पर्दछ । मुद्दा परेर रोक्का भएको हो भने, वादी प्रतिवादी दुवै तिरबाट बुझेर किन्न मिल्ने ठहरे किन्नु पर्दछ । अन्यथा बैना दिइ हाल्नु हुँदैन । रातीमा र पानीआएको बेलामा जग्गा हेर्न जानु हुँदैन रातिको समयमा जग्गा हेर्न जाँदा धेरै कुराहरु मेसो नपाउन सकिन्छ ।  त्यसैले हाइटेन्सन लाईन त्यसका पोल आउँदै गरेको अवस्था पत्ता लगाउनका लागि पानी आएको बेलामा र रातिमा जग्गा हेरेर ढुक्क हुनु हुँदैन ।

बाटोको सम्वन्धमा घडेरीलाई जग्गा किन्दै हो भने बाटो प्रमुख मुद्दा बन्न सक्छ । सामान्यतया अहिले काठमाण्डौ उपत्यकामा २० फिटबाटो नभई घर बनाउन पाईदैन । भुकम्प अघि १० फिट १८ फिटमा पनि बनाउन पाइन्थ्यो । यसको अर्थ जति सानो बाटोमा जग्गा किनिन्छ , त्यति धेरै आफ्नो लाल पुर्जाको जग्गाछोड्नु पर्दछ । सानो बाटोमा सस्तो र ठूलो बाटोमा महंगो पर्नुको मुख्य कारण पनि यहि हो । फिल्डमा बाटो छ नक्शामा छैन ज्यादै नै विश्वासिलो ठाउँमा वाहेक नक्शामा बाटो छैन भने जग्गा किन्न हुँदैन । फिल्डमा बाटो विभिन्न कारणले बनाइएको हुन सक्छ तर त्यो नक्शामा छैन भने त्यो जतिबेला पनि बन्द हुन सक्छ । नक्शा बीना अधिकार खोज्ने कानूनी आधार नै रहदैन ।

यो पनि पढ्नुहोस् ….

युवा पुस्ताले के कस्ता कुराहरुमा ध्यान केन्द्रित गर्ने ? पढ्नुहोस्

बिहानीको सुरुवात कसरी गर्ने ? पढ्नुहोस् …

युवा अवस्थामा सकारात्मक र उत्साहित रहने ७ उपायहरू पढ्नुहोस्

बुवा र छोराको सम्बन्ध निर्माणमा ध्यान दिनु पर्ने कुराहरु

दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस्

 

कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस्

युटुब हेर्दै मुगुका एक युवकले कपाल काट्न सिके, मासिक ३० हजार आम्दानी

 

गुड न्यूज 24 
www.goodnews24.com
Good News Media 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button