अन्यगुड न्यूज 24समाचार

गभर्नर अधिकारीले सिग्नेचर गरेको २० रुपैयाँ आजदेखि चल्तीमा आउँदै

Rupees 20 New Notes

Gobal IME Bank

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजबाट विक्रम संवत २०७९ लेखिएको २० रुपैयाँको नोट चल्तीमा ल्याएको छ । सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैंकले पहिलेको नै आकार र रंगमा संकेत नम्बर (८७ ठ ०००००१ देखि १८ त ९९९९९९)सम्मका नोट चल्तीमा ल्याउन लागेको जानकारी दिएको छ ।

नोटको अगाडीको भागमा बाँयातर्फ सरगमाथाको चित्र, दायाँतर्फ लालीगुरासको पानी छाप रहेको छ भने गभर्नरको दस्तखत रहने स्थानमा वहालवाला राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर हुनेछ ।

नोटको तल्लो भागको बोर्डरमा नोेटको सिरिज नम्बर नेपालीमा ‘वि.सं. २०७९’ लेखिएको हुनेछ । नोटको पृष्ठ भागतर्फ मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’, मध्य भागमा दुईवटा बाह्रसिंगाको चित्र, तलको भागमा अंग्रेजीमा ‘रुपिज ट्वेन्टी’ र तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजी संवतको ‘२०२३ ए.डी. लेखिएको हुनेछ ।

यस पटकको विजया दशमीमा सर्वसाधारणले राष्ट्र बैंकले हालसालै जारी गरेको २० का नयाँ नोट साट्न पाउने भएका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button