भिडियोमनोरञ्जन

चलचित्र ‘कीर्तिपुर’ युट्यूवमा

Gobal IME Bank

Kirtipurकाठमाडौं । नेपाली ऐतिहासिक चलचित्र ‘कीर्तिपुर’ दि लिजेन्ड अफ कीर्तिलक्ष्मीलाई युट्यूवमा अपलोड गरेको हप्ता दिन नवित्दै २ लाख १२ हजार बढी दर्शकले हेरेका छन् ।  छ वर्ष अघि सुटिङ सकाएको कीर्तिपुरलाई सेन्सर बोर्डले प्रतिबन्ध लगाएको थियो । राष्ट्र निर्माता पृथ्वीनारायण शाहले कुटिल रणनीति अपनाएर कीर्तिपुर राज्य जितेको विषयमा चलचित्र निर्माण गरेको भएर गृहमन्त्रालयले आपत्ती जनाएको थियो । चलचित्रमा सम्वाद तथा भिडियो सेन्सर गरेपछि मात्र स्वीकृति दिइएको थियो ।

बासुपासाको ‘भैरव सिंह’ उपन्यासलाई आधार बनाइएको चलचित्रलाई पर्दामा उतार्नु अघि ८ वर्ष सम्म अध्ययन र सम्बन्धित ज्ञातासँग अन्तक्र्रिया गरेको कलानिर्देशक केके मानन्धरले बताए । चलचित्रमा पुरानै जीवनशैली, भौतिक संरचना तथा परिवेश सन्तुलित गर्नको लागि निर्माण अवधि लामो हुन गएको हो । भीएफएक्स सुपरभाइजर सन्तोष केसीले काम गरेको चलचित्रमा ९० प्रतिशत भिज्युअल इफेक्ट छ ।

चलचित्रको मूख्य भूमिकामा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशील राजोपाध्याय, लक्ष्मी गिरी, सुरवीर पण्डित आदि कलाकारहरु छन् । फोकस पिक्चर्सको व्यानरमा तयार गरिएको चलचित्रमा विरेन्द्र ताम्राकार कार्यकारी निर्माता, प्रेम खड्गी तथा अनन्त श्रेष्ठ निर्माता हुन् । शंकर महर्जन र नविन जोशीले चलचित्रको छायांकन गरेका हुन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button