मुख्य समाचारसमाचार

सांसद डा. तोसिमाको प्रणः ‘म चितामा जलुन्जेल सम्म पनि बफादार रहनेछु’

Gobal IME Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं नवनिर्वाचित प्रतिनिधिसभा सांसद डा. तोसिमा कार्कीले पद तथा गोपनियताको सपथ ग्रहण गरेसँगै आफु अब पूर्ण रुपले देश र जनताप्रति समर्पित भएको बताउनुभएको छ ।

हिजो (बिहिबार, पुष ७ गते) सम्पुर्ण नवनिर्वाचित प्रतिनिधिसभा सांसदहरुको सपथ ग्रहणको कार्यक्रम रहेको थियो । आफुले पनि सपथ ग्रहण गरेसँगै सांसद डा. कार्कीले उप्रान्त देशको लागि हमेसा बफदार रहने बताउनुभएको हो ।

सांसद डा. कार्कीले ‘म चितामा जलुन्जेल सम्म पनि बफादार रहनेछु’ भन्नुभएको छ ।

सामाजिक सञ्जालमा आफ्नो भनाई राख्दै उहाँले देश, जनता, ईश्वर र आफ्नो ब्रम्हलाई साक्षी राखि खाएका वाचाहरु प्रति आफु यो ५ वर्षे कार्यकाललाई मात्र नभई
आफ्नो जिवनकाल भरी वा चितामा जलुन्जेल सम्म पनि बफादार रहने बताउनुभएको हो ।

सांसद डा. कार्कीको भनाई:

‘प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण गरेसँगै आधिकारिक रुपमै:
अब डा. तोसिमा कार्की स्वयम् तोसिमाको पनि होईन ।
पूर्ण रुपले अब देश र जनताप्रति समर्पित भएको छु ।
देश, जनता, ईश्वर र आफ्नो ब्रम्हलाई साक्षी राखि खाएका यी वाचाहरु प्रति म ‘यो ५ वर्षे कार्यकाल’ लाई मात्र होइन,
मेरो जिवनकाल भरी, म चितामा जलुन्जेल सम्म पनि बफादार रहनेछु ।
जय देश ।’

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button