अन्यसमाचार

विद्यालय पुनःनिर्माणमा सहयोग जुटाउन साङ्गीतिक कार्यक्रम -GoodNews24

Gobal IME Bank

काठमाडाैँ । गोरखा भूकम्पबाट क्षतिग्रस्त दोलखाको राजकुलेश्वर निम्नमाध्यमिक विद्यालय भवन पुनःनिर्माणमा सहयोग जुटाउन भृकुटीमण्डपमा साङ्गीतिक कार्यक्रम आयोजना गरिने भएको छ ।

भूकम्पले क्षतिग्रस्त भवन बनाउन चर्चित साङ्गीतिक समूह नेपथ्यले फागुन १७ गते काठमाडौँमा विशेष कार्यक्रम गर्न लागेको हो । हेल्प नेपाल नेटवर्कसँगको सहकार्यमा ‘शिक्षाका लागि सङ्गीत’ नाम दिइएको सो कार्यक्रम भृकुटीमण्डप बगैँचामा आयोजना गरिनेछ ।

भूकम्पपछि सिन्धुपाल्चोकको ठोकर्पा माध्यमिक विद्यालयलगायत विभिन्न जिल्लाका विद्यालय भवन पुनःनिर्माण गर्न सघाएको हेल्प नेपालका कार्यक्रम संयोजक रोशेन्द्रध्वज खड्काले बताउनुभयो । दोलखाको भीमेश्वर नगरपालिकास्थित राजकुलेश्वर निम्नमाध्यमिक विद्यालय भवनको पुनःनिर्माण शुरु भइसकेको छ ।

पूर्वाधार राम्रो हुँदा बालबालिकाको पठनपाठनमा पनि राम्रो प्रभाव पर्ने भएकाले अरु जिल्लाका लागि पनि नमूना हुने गरी विद्यालय पुनःनिर्माण गराउने हेल्प नेपालले जनाएको छ । कार्यक्रममा चर्चित गायक अमृत गुरुङलगायत कलाकारले प्रस्तुति दिने जनाइएको छ ।

कार्यक्रमका लागि अग्रिम बुकिङ गर्नेलाई टिकटको मूल्य रू ९०० राखिएको छ । कार्यक्रमको दिन भने टिकटको मूल्य प्रतिव्यक्ति रु एक हजार २५० पुग्ने हेल्प नेपाल नेटवर्क नेपाल शाखाका अध्यक्ष अरुणसिंह बस्नेतले सुनाउनुभयो । ‘मातृभूमिका लागि महिनामा एक पाउन्ड वा एक डलर’ भन्ने आह्वान गर्दै २० वर्षअघि बेलायतमा सो नेटवर्क स्थापना गरिएको हो । हेल्प नेपाल नेटवर्कले नेपालमा शिक्षा, स्वास्थ्य, आपत्कालीन मानवीय सहायतालगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button