अन्यसमाचार

गण्डकीमा ४८ हजार विद्यार्थीले एसइई दिँदै -GoodNews24

Gobal IME Bank

पाेखरा । बिहीबारदेखि शुरु हुने एसइई परीक्षामा गण्डकी प्रदेशबाट ४७ हजार ५१३ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा कूल २२० परीक्षा केन्द्र निर्धारण गरिएको प्रदेश शिक्षा विकास निर्देशनालय पोखराका शाखा अघिकृत खेमराज पौडेलले जानकारी दिनुभयो । प्रदेशअन्तर्गका सम्पूर्ण जिल्लामा परीक्षाको आवश्यक सम्पूर्ण तयारी पूरा भएको उहाँले बताउनुभयो ।

प्रदेश सदरमुकाम रहेको कास्कीबाट यस वर्षको एसइई परीक्षमा १० हजार ८४० जना परीक्षार्थी सहभागी हुने भएका छन् । कूल २८९ विद्यालयका विद्यार्थी सहभागी हुने परीक्षाका लागि ३२ केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो । बत्तीस केन्द्र मध्ये पोखराको तालबाराही मावि परीक्षा केन्द्रमा महिला केन्द्राध्यक्ष हुनुहुन्छ ।

सुवेदीका अनुसार परीक्षाका लागि आवश्यक उत्तपुस्तिका सम्बन्धित केन्द्रमा पुगिसकेका छन् भने प्रश्नपत्र नजिकको प्रहरी चौकीमा पु¥याइसकिएको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सम्भाव्य सङ्क्रमणबाट जोगिन प्रत्येक परीक्षाका केन्द्रमा एउटा कोठा आइसोलेसन कक्षका रुपमा छुट्याउन निर्देशन दिइएको र आवश्यकता अनुसार ‘हेल्थ डेक्स’ पनि स्थापना गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

परीक्षालाई मर्यादित र भयरहित बनाउन आजै शिक्षक महासङ्घसहितका विभिन्न पेशागत सङ्घ सङ्गठनका पदाधिकारीबीच पनि छलफल गरिएको बताउँदै उहाँले सुरक्षालगायतका सम्पूर्ण व्यवस्था गरिएका कारण ढुक्कसँग परीक्षामा सहभागी बन्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button