समाचार

बहुप्रतिक्षित चलचित्र ‘सेल्फी किङ्ग ‘ को ट्रेलर सार्वजनिक -GoodNews24

Gobal IME Bank

काठमाडाैं । केहि समय अघि मात्र टिजर सार्वजनिक गरिएको विशाल सापकोटा निर्देशित र बिपिन कार्की अभिनित चलचित्र सेल्फी किङ्ग को आज ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा एक चर्चित टेलिभिजन हास्य कलाकारको ३ दिनको जीवनलाई पर्दामा प्रस्तुत गरिएको छ । काठमाण्डौ देखि सोलुखुम्बुसम्म उनले गरेको यात्रा र त्यसको दौरान आउने विभिन्न खालका उत्तार चढावको कथामा चलचित्र बनेको छ ।

माघ २४ गते रिलिज हुने मिति तोकिएको यस चलचित्र बिपिन कार्कीको फ्यानको लागि बहुप्रतिक्षित चलचित्र बनेको छ । चलचित्रमा विपिन कार्कीका अलवा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय छ भने चलचित्रमा सुसन प्रजापतिको छायांकन, निर्मल कुमार लामाको कोरियोग्राफी, जीवन थापाको सम्पादन छ । चलचित्रले एउटा सफल कलाकारले आफूलाई के सोच्छ र उसको सफलता कहिलेसम्म रहन्छ र कलाकारको घमण्डले जीवनमा कति असर गर्छ भन्ने देखाउन खोजिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button